स्वास्थ्य

सहकर्मी कुटिएपछि केएमसीका डाक्टर र नर्सले गरे सडक अवरुद्ध (तस्बिरहरु)

सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा इन्टर्नको रुपमा कार्यरत डा.मनिष खड्कामाथि हातपात भएपछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन्।

आइतबार दिउँसो बहिरङ्ग सेवा (ओपिडी) मा आएका बिरामीले इन्टर्न डाक्टर खड्कामाथि हातपात गरेपछि अहिले अस्पतालका चिकित्सक तथा नर्सहरूले सडक अवरुद्ध बनाएर आन्दोलन गरिरहेका छन्।

विभागमा बिरामीको चाप अत्यधिक भएपछि डा.खड्काले केही बेर बाहिरै बसिदिन आग्रह गर्दा बिरामीले रिसको जोसमा उनलाई कुटपिट गरेको थियो।  

हेरौँ तस्बिरमा:  

प्रकाशित: १४ आश्विन २०८० ११:३५ आइतबार

काठमाडौं मेडिकल कलेज डा.मनिष खड्का