स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बन्द भयो आकस्मिक बाहेकका सेवा

नेपाल चिकित्सक सङ्घले घोषणा गरेको बन्दको प्रभाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि देखिएको छ।

सङ्घले आज देशभरका सबै सरकारी, निजी, मेडिकल कलेज लगायतका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि त्यसको प्रभाव देखिएको हो।

प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प पारेर डाक्टर तथा स्वास्थ्यकर्मीहरू अस्पतालबाहिर प्रदर्शनमा छन्। आफूहरूलाई काम गर्ने वातावरण नभएका र सुरक्षित महसुस नहुने भएकोले आन्दोलनमा उत्रिनु परेको नेपाल चिकित्सक सङ्घ जुम्लाका उप सभापति डा. कमल थानीले बताए।

प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प भएपछि सेवाग्राही भने समस्यामा परेका छन्।

प्रकाशित: ३१ भाद्र २०८० ०५:२४ आइतबार

नेपाल चिकित्सक सङ्घ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान