स्वास्थ्य

आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

आज साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधवार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो। 

प्रकाशित: ३० भाद्र २०८० १६:०२ शनिबार

आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा