स्वास्थ्य

सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी सहयोग

काठमाडौंको शंकारापुरा नगरपालिकास्थित सुष्मा कोइराला मेमोरियल अस्पताललाई जापानी राजदूतावासले विभिन्न मेडिकल उपकरण उपलब्ध गराएको छ। नेपालका लागि जापानी राजदूत किकुता युताकाले झन्डै एक करोड रूपैयाँबराबरको मेडिकल उपकरण सोमबार हस्तान्तरण गरेका हुन्।  

सहयोगअन्तर्गत आगोले पोलेका गम्भीर बिरामीका उपचारका लागि दुईवटा भेन्टिलेटर तथा स्किन ग्राफ्टका लागि आवश्यक पर्ने उपकरण उपलब्ध गराइएको जापानी राजदूतावासले जनाएको छ। सन् १९९७ मा स्थापना गरिएको यस अस्पतालमा हरेक वर्ष जलेर घाइते भएका २५० जना बिरामीको उपचार गर्दै आएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०२:३६ मंगलबार