स्वास्थ्य

मोरङमा दादुरा र रुवेलाविरुद्ध खोप अभियान

फाइल तस्बिर

मोरङमा दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। साउन २८ गते देखि दादुरा रुवेलाको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ।

स्वास्थ्य कार्यालय मोरङका कोल्ड चेन निरिक्षक खेहरु यादवले मोरङमा दुई चरणमा अभियान सञ्चालन गर्न लागिएको बताए।

उनका अनुसार पहिलो चरणमा मोरङका १६ वटा पालिकामा साउन २८ गते देखि साउन ३२ गते सम्म अभियान सञ्चालन गरिने छ।

यस्तै दोस्रो चरणमा विराटनगर महानगरपालिकामा भदौ ११ गते देखि १६ गते सम्म अभियान सञ्चालन गरिने छ। मोरङमा दादुरा रुवेला रोगको संक्रमण फैलिएका कारण खोप अभियान सञ्चालन गर्नु परेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहेताले बताए। उनका अनुसार यो अभियानमा ६ महिना देखि १५ वर्ष सम्मका  बालबालिकाहरू सहभागि हुने छन्।

मोरङमा २ लाख ८५ हजार बालबालिकालाई खोप लगाउने लक्ष स्वास्थ्य कार्यालय मोरङले राखेको छ। जसका लागि जिल्ला भर १ हजार ७३ वटा खोपकेन्द्रको व्यवस्था गरिएको छ। नियमित खोप कार्यक्रमबाट छुटेका बालबालिकाहरूलाई खोप अभियानमा समेट्ने स्वास्थ्य कार्यालयको योजना छ।  

प्रकाशित: १९ श्रावण २०८० १४:०३ शुक्रबार

दादुरा रुवेला