स्वास्थ्य

मेरुदण्डको हड्डी फुटेका बाजुराका प्रकाशको वीरमा सफल उपचार

पैसाको अभाव र उपचारको बारेमा जानकारी नहुँदा ढिलो गरी उपचारमा पुगेका बाजुराका २१ वर्षीय प्रकाश कामीको मेरुदण्डको जटिल शल्यक्रियापछि नयाँ जीवन पाएका छन्।

वीर अस्पतालको न्युरोलोजी विभागको सहयोगले उनको उपचार सफल बनेको हो। अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। न्युरोलोजी बिभागका प्रमुख डा. राजिव झाको समूहले उनको गत साता शल्यक्रिया गरेको हो।

मेरुदण्डको साना–साना नसाहरु च्यापिएको र च्यापिएको भाग घाँटीको भित्री भागतिर रहेकोले शल्यक्रिया जटिल प्रकारकोे रहेको विभागका न्युरोेसर्जन डा. राजिव झाले बताए। डा. झाका अनुसार नसा घाँटीको भित्री भागमा फुटेको हड्डी जोड्न र च्यापिएको नशा निकाल्को लागि नाकवाट ल्यापरस्कोपीक  मेशिन नाकको भित्री भागवाट पठाउनु परेको थियो। नाकवाट शल्यक्रिया गर्दा जटिलता आएर बिरामीमा संधैको लागि पक्षघात भएर हातखुट्टा दुवै नचल्ने हुन सक्थ्यो। दुई महिना ढिला गरी  शल्यक्रिया गरेको भए नशा पुरै थिचिएर पक्षघात नै हुने सम्भावना थियो। ‘उनको उपचार ढिला भइसकेको थियो, दुइ महिनाभित्र अपे्रशन नभएको भए पुरै हातखुट्टा नचल्ने थियो’ उनले भने।  

प्रकाश सानै उमेरमा साथीहरुसंग खेल्ने क्रममा लडेका थिए। लड्दा चोट लागेको थियो। तर  दुखेकोे कुरा विस्तारै निको हुँदै गयो। बाहिर देखिने गरी खास चोट देखिएन। तीन वर्षदेखि यता उनमा समस्याहरु बढ्दै गए। हातका औंलाहरु नचल्ने, घाँटीको पछिल्लो भागमा पोल्ने, झमझम गर्ने जस्ता समस्याहरु बढ्दै गयो। यो समस्याको कारण उनको नियमित पढाइ अघि बढ्न सकेन। प्रकाश ओभरसियरको पढाइ पढ्दै थिए।

समस्या बढ्दै गएपछि प्रकाशका पिता दत्त कामीले स्थानीय स्वास्थ्य चौकी हुँदै आफन्तको सिफारिशमा भारत पु¥याए। उनी पुगेको ठाउँमा न्युरोलोजीकोे बिशिष्ट उपचार थिएन। सामान्य उपचारपछि उनी घर फर्किंए। तर समस्या झनै बढ्दै गयो। यो क्रममा उनी जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पताल धनगढीमा पुगे।

धनगढी अस्पतालले वीर अस्पताल जानको लागि रेफर गरेपछि गत असारको १७  गते वीर अस्पताल पुगेका थिए। वीरमा भर्ना भएपछि फुटेर बाँगिएको हड्डीलाई सिधा पार्न एक साता ट्रयाकशन स्केल राखियो। त्यसपछि सोमबार पहिलो चरणको शल्यक्रिया गरियो। बिहिबार टाउकोको ट्रयाकसन निकालेर वार्डमा सारियो। अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको केही दिनमा अस्पतालवाट डिस्चार्ज गर्ने र थप एक साता फिजियोथेरापी पछि मात्र उनी सामान्य हुने डा. झाको भनाइ छ।

पीता दत्ते कामीको अनुसार वीरमा उपचारमा पुग्दा उनीहरुसंग पैसा थिएन। पैसा नभएपछि क्रण खोज्नको लागि गाउँ फर्किने निधो गरेका थिए। पैसा नभएको कुरा दत्तेले प्रकाशलाई बताएका थिएनन् र अस्पतालका नर्सलाई पनि नभन्न आग्रह गरेका थिए। समयमै अपे्रशन नहुने थाहा पाएपछि प्रकाशले वार्डका नर्सहरुसंग आत्महत्या गर्ने बताए। यो कुरा नर्सले डा. झालाई  सुनाइन्।

यो कुरा सुनेपछि डा. झाले सम्झाए र छिटो शल्यक्रियाको प्रवन्ध मिलाउने बताए। यो अवधिमा न्युरोलोजी विभागका चिकित्सकहरुले पीता दत्तेलाई विपन्न कार्ड बनाएर १ लाख बराबरको औषधीको मिलाइदिए भने निशुल्क ः शल्यक्रिया गरे। अस्पतालमै रहेको क्रिस्टिना डिस्पेनसरीवाट थप निशुल्क ः औषधी पाए। तर घाँटीको शल्यक्रियामा आवश्यक सामाग्री भने अस्पतालको फार्मेसी बाहिर किन्नु परेको थियो। यो सामान किन्नको लागि उनले राजधानीमै रहेका आफन्तसंग क्रण लिएका छन्। छोराको उपचारको लागि बिभिन्न ठाउँमा धाउँदा दत्तैलाई  दुइ÷तीन लाख क्रण लागेको छ।  सुकुम्वासी  जग्गामा बस्दै आएका उनको मुख्य पेशा अरुको ज्याला मजदुरी हो। यो पेशाको भरमा उनले ८ जना परिवारको खर्च धान्दै आएका छन्। अस्पतालमा चिकित्सकको सहयोगको कारण छोराको उपचार सम्भव भएको उनले स्मरण गरे। ‘ डाक्टरसापले मेरो छोरा बचाइदिनु भयो, म खुशी छु।’    

प्रकाशित: १२ श्रावण २०८० १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App