स्वास्थ्य

सर्पदंशको जोखिममा बालबालिका र कृषक

फाइल तस्वीर

वर्षात् तथा गर्मी मौसम सुरुभएसँगै सर्पदंशको जोखिम बढेको छ। सर्पदंशको जोखिममा पर्नेमा सबैभन्दा बढी बालबालिका र किसान पर्ने गरेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखाले जानकारी दिएको छ।

अहिलेसम्म बढी सर्पको टोकाइबाट मृत्यु हुनेमा कृषक र बालबालिका भएको र टोकिनेमा पनि यही समूह रहेको पाइएको छ।

कृषकहरू खेतवारी तथा गाईवस्तुको काम गर्ने क्रममा सर्पले टोक्ने गरेको र बालबालिका खेल्ने क्रममा, राति सुतेको बेलामा टोकाइमा पर्ने गरेको पाइएको छ। बिहीबार सर्पको टोकाइबाट मृत्यु भएका सर्लाही बाग्मती नगरपालिका १२ का चार वर्षीय शालिन बिकको मृत्यु भएको हो। त्यसअघि सिन्धुलीका ३ वर्षीय ग्रिष्म पहाडी र १३ वर्षीय ग्रिस पहाडीको पनि सर्पले टोकेर मृत्यु भएको छ। बुधवार नै सर्पको टौकेर कपिलबस्तु बुद्धभूमिका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीय बालक प्रदीप र १२ वर्षीय दीपक भुसाल रहेका छन्। ढिला उपचारमा पुग्दा उनीहरूको मृत्यु भएको थियो।

वर्षात् तथा गर्मी मौसम सुरुभएसँगै सर्पदंशको जोखिम बढेको छ। सर्पदंशको जोखिममा पर्नेमा सबैभन्दा बढी बालबालिका र किसान पर्ने गरेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखाले जानकारी दिएको छ।

त्यसैगरी हालै कपिलवस्तुकै १६ वर्षीय ममता रैदास र ३० वर्षीय अनिता यादवको पनि सर्पले टोकेर मृत्यु भएको छ। यादव गाईलाई पराल निकाल्न जाने क्रममा सर्पले टोकेको थियो। किसानहरू गाइवस्तुको काम गर्ने क्रममा होशियारी नपुग्दा टोक्ने गरेको, कतिपय विपन्न किसानहरूको घरसमेत भरपर्दो नुहुने कारण पनि घरभित्रे पसेर सर्पले टोक्ने गरेको पाइएको जुनोटिक शाखाका प्रमुख डा. हेमन्त ओझाले बताए।

टोकिनेहरूमा बढी मात्रामा मध्यम तथा विपन्न वर्गका किसान र बालबालिका परेको उनको भनाइ छ। उनीहरू कृषि तथा पशुपालन पेशामा सहभागी भएको र यी काम गर्ने क्रममा बढी मात्रामा सर्पदंशमा परेका छन्।

विपन्न कृषकहरूको पक्की घर नहुनु, सर्प घरभित्रै पस्नु , काम गर्ने क्रममाा होशियारी नपु¥याउनु राति घरवाहिर निस्ंकंदा खालि खुट्टा निस्कनु, बत्ती नबाली निस्कने, खेतवारी तथा घरभित्रकै काम गर्दा पनि होशियारी नपुग्नु र बालबालिकालाई टोकाइवाट बच्ने उपाय थाहा नहुनु र कतिपय अवस्थामा सुतेकै बेलामा टोक्ने गरेको डा. ओझा बताउँछन्।

डा. ओझाका अनमुसार गर्मी तथा पानी परेको मौसममा सर्प आहारको खोजीमा, दुलो, दाउराको चाङ राखेको ठाउँमा, दुलो, सामान जम्मा गरी राखेको ठाउँ, दुलो,लुगाहरू राखेको ठाउँमा पुगेर लुकेर बसेका हुन्छन्।

टोकिनेहरूमा बढी मात्रामा मध्यम तथा विपन्न वर्गका किसान र बालबालिका परेको उनको भनाइ छ। उनीहरू कृषि तथा पशुपालन पेशामा सहभागी भएको र यी काम गर्ने क्रममा बढी मात्रामा सर्पदंशमा परेका छन्।

यी ठाउँहरूमा नहेरी हात राख्नाले, झुल बिना सुत्नाले, सुन्तु अघि ओच्छयान, खाट तथा अन्य ठाउँहरूमा राम्रोसंग नहेर्नाले सर्प ओच्छयानमै पुग्छन। ओच्छायानमै रहेको सर्पले नजिकै सुतेका बालबालिका र ठूला व्यक्तिे खुट्टा चलाउने क्रममा आफुलाई आक्रमण भएको ठानी प्रतिकार गर्ने क्रममा सर्पले टोक्छ।

त्यसैगरी झाडी तथा सर्पको दुलो भएको ठाउँमा बालबालिका खेल्ने क्रममा पनि सर्पले टोक्ने गर्छ। घर नजिकै कुखुराको खोर भएमा, घरभित्र मुसा तथा भ्यागुतो भएमा पनि आहार खोज्ने क्रममा सर्प घरभित्र पसेर बस्छ मान्छेलाई टोक्न पुग्छ। 

प्रकाशित: २९ असार २०८० ०१:४३ शुक्रबार

सर्पदंशको जोखिममा बालबालिका र कृषक राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जुनोटिक शाखा