स्वास्थ्य

दरबन्दीमा पठाउँदा आत्महत्या गर्छु भनेर धम्की आयोः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताएका छन्।

बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन्। उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्ने जोखिम रहेको बताए। उनले आफूलाई अहिलेसम्म धम्की आउन नसके पनि सचिवालयमा भने दैनिक धेरै धम्की आउन लागेको बताए। उनले दरबन्दी अनुसारको डाक्टरहरु व्यवस्थापन गर्ने काम पार लगाएरै छोड्ने बताए। 

उनले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरेर नै छाड्ने प्रतिवद्धता जनाए। स्वास्थ्यमन्त्री बस्नेतले संविधानलाई कार्यान्वयन गरी आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच नभएको स्थानमा डाक्टरहरुको पहुँच पु¥याएर नै छोड्ने बताउनु भयो। उहाँले ८ सय डाक्टरहरु मन्त्रीहरुको पालामा कागमा स्वास्थ्य मन्त्रालय बसेको भन्दै त्यसमा दरबन्दी अनुसारको क्षेत्रमा पठाउने काम गर्ने बताए। उनले ८ सय डाक्टरको दरबन्दी अनुसारको क्षेत्रमा पठाउन सकिन भने स्वास्थ्य मन्त्रालय सुधार हुने अवस्था नभएको बताए। उनले कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएको भरमा मिल्ने अवस्था नभएको भन्दै यसलाई अप्रेशन गर्नुपर्ने बताए।  

उनले भने, ‘८ सय डाक्टरहरु स्वास्थ्य मन्त्रालयमा कागमा बसेका छन्। म जस्तै मन्त्रीहरुले राखेका हुन्। मैले एक जना पनि ल्याएको छैन। कर्मचारी व्यवस्थापन कडाईका साथ कदम चालेन भने स्वास्थ्य मन्त्रालय सुधार गर्नसक्ने अवस्था छैन। अब चल्नेवाला छैन। कर्मचारी व्यवस्थापनमा अलिअलि मिलाएरको भरमा मिल्नेवाला छैन। यसलाई अप्रेशन गर्नुपर्ने अवस्था छ। डडेलधुरामा १६ जनाको दरबन्दीमा एक जना डाक्टरहरु पुगेनन् र ट्रमा सेन्टरमा २० जना भए पुग्ने ठाउँमा २२ जना अर्थोपेडिक डाक्टरहरु हुनुहुन्छ । सबैलाई राजधानी चाहिएको छ । आत्महत्या गर्ने जस्ता कुराहरु उठेका छन् । काठमाडौंमा दरबन्दी हुँदा हुँदै प्रमोशनको हिसावले उहाँले नुवाकोट जान चाहनु भयो। नुवाकोट इच्छा लागुन्जेल बस्नुभयो। सरकारले काज दरबन्दी आफ्नो स्थानमा मिलाउने किसिमले लाग्न थाल्यौं। उहाँले ट्रमा सेन्टरमा नै चाहियो नभएर आत्महत्या गर्छ भनेर मन्त्रालयमा आएर सचिवहरुलाई कराउन थालेछन्। यो सबै नाटक नौटङ्की हो । कडाईका साथ तपाईहरु प्रस्तुत हुनुस्। मैले म कहाँ पठाउनुस् आत्महत्या गर्न भने । त्यो कुरा सामाजिक सञ्जालमा लेखेर बिरोध भइरहेको छ । मलाई चाहि धम्काउने फोन आउन सकेको छैन । मेरो स्वकिय सचिवालयमा धेरै धम्कीहरु आउन थालेका छन् । यसलाई पार लगाएर नै छाड्ने हो । स्वास्थ्यमा छिरफार गरेर नै छाड्छौं । थिति बसाल्छौं । संविधानलाई कार्यान्वयन गर्छौं । आधारभुत स्वास्थ्य सेवा ग्रामिण स्तरसम्म स्वास्थ्यकर्मीहरुको पहँुच छैन । डाक्टरहरुको पहुँच छैन । त्यो ठाउँमा हामी पुयाएर नै छोड्छौं । त्यसको लागि मलाई सांसदहरुको साथ चाहिन्छ ।’

उनले सबै डाक्टरहरुलाई राजधानी मात्रै चाहिएको अवस्था रहेको बताए। उनले दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म विषयहरु आएको बताए।  

प्रकाशित: २८ असार २०८० ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App