स्वास्थ्य

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा डाक्टर धामी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टर पदमा डाक्टर डबल धामीलाई नियुक्त गरिएको छ। 

केही समयदेखि रिक्त रहेको रेक्टर पदमा डाक्टर डबल धामी नियुक्त भएका हुन्। यो भन्दा पहिला प्रतिष्ठानको रेक्टर पदमा डाक्टर निरेश थापा थिए। उनले व्याक्तिगत कारणले राजिनामा दिए पछि उक्त पद रिक्त भएको थियो।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डाक्टर धामीलाई रेक्टरमा नियुक्त गरेका हुन्।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलको सिफारिसका आधारमा डा. धामीलाई नियुक्त गरेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रावलले डाक्टर धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए।

सिफारिस हुनेमा डा. रावलले डा. धामी, डा. भुमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम रहेका थियाे। यसअघि रेक्टारका लागि अन्य ३ जनाको नाम सिफारिस भएको थियो। तर स्वास्थ्य मन्त्रालयले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा. रावलले नयाँ ३ जनाको नाम सिफारिस गरेका हुन्।

प्रतिष्ठान जुम्लाले रेक्टरका लागि यसअघि डा. राजिव शाह, डा.माया राई र डा. अनुस्मृती पालको नाम सिफारिस गरेको थियो।

प्रकाशित: १७ असार २०८० १२:२१ आइतबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान