स्वास्थ्य

सुस्त महामारीको रुपमा देखिदै एन्टिबायोटिक रेजिस्टेन्स

अधिकाशं एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ।

यसले आगामी केही समयमा विश्वभर ठूलो महामारीको रुप लिने अधिकारीहरुले औल्याएका छन्।

एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन्। विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस कार्यक्रमको सहयोगमा लुम्बिनी प्रदेशमा भएको पत्रकार अवेयरनेश कार्यक्रममा विज्ञहरुले एन्टिबायोटिकको अवस्था राम्रो नभएको औल्याएका छन्।

उक्त औषधिको जथाभावी प्रयोग, मनलाग्दी रुपमा भएको खरिद, कृर्षी, पशु लगायत विभिन्न क्षेत्रमा अनावश्यक प्रयोग हुदा एन्टिबायोटिकले काम गर्न छाडेको हो। काम गरेका औषधिकहरुपनि निकै महंगा र गरिब जनताको पहुँचमा नभएको सहभागीले बताएका छन्।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा जनार्दन पन्थीले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरू मध्ये एक एन्टिबायोटिक भएको बताए। विश्व स्वास्थ्य संगठनले पनि यो विषय उल्लेख गरेको छ। आम नागरिकमा एन्टिबायोटिकको असर बारे कुनै पनि अवेयरनेश कार्यक्रम नभएको अवस्थामा स्वास्थ्या तथा जनसंख्याले मन्त्रालय र युएसएआइडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्विटिकल्स सर्भिस ९एमट्याप्स० ले नेपालमा पहिलोपटक पत्रकारहरुसँग यस विषयमा छलफल चलाएको छ।

युएसएआइडी एमट्याप्स परियोजनाका सिसियर टेक्निकल एड्भाइजर डा सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए। यो सन् २०१९ को तथ्यांक हो।

हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ।

युएसएआइडी एमट्याप्सका एएमआर मिडिया कन्सल्टेन्ट अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारीता गर्न आवश्यक भएको बताए। एन्टिबायोटिकले काम नगरेर मृत्युको शैय्यामा पुगेका देखि औषधिले काम गर्ने क्षमतामा गिरावट आएका धेरै घटनाहरु भएपनि त्यसको समाचार मिडियाले उल्लखे नगरेको भन्दै शत्तिशाली ब्याक्टेरियाका विरुद्धमा एक भएर कलम चलाउँन आवश्यक भएको बताए। 

प्रकाशित: ३ असार २०८० १२:५७ आइतबार

एन्टिबायोटिक