स्वास्थ्य

कोरोनाबाट एकजनाको मृत्यु

कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप मृतक सहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १२ हजार ३१ पुगेको छ। गत चौबिस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत चौबिस घण्टामा १३ सय १ वटा नमुना परीक्षण भएका थिए। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको २ सय २ पुगेको छ। तीमध्येमा १२ जनाको आइसियुमा उपचार भइरहेको छ भने २६ जनाको संस्थागत आइसोलेसनमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २२ वैशाख २०८० ०२:१४ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना सक्रमण चौबिस घण्टामा एकजनाको मृत्यु