स्वास्थ्य

थप एक कोरोना सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन्। सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन्।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू) मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन्।

प्रकाशित: १६ वैशाख २०८० १२:३९ शनिबार