स्वास्थ्य

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ।

अस्पतालले सोमबार कलेजो ग्रहण गर्ने र दान गर्ने  शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पतीको प्रत्यारोपण गरेको हो।

अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो।

नेपालमा प्राईभेट अस्पतालहरु मध्ये मृगौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल रहेको बताइएको छ।

कलेजो प्रत्यारोपण गर्न नेपाल तथा भारतका ट्रान्स्प्लान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसियोलोजिस्ट, ट्रान्सप्लान्ट हेपातोलोजिस्ट,  ब्लड बैंक, अपरेशन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरू गरी ४० जना परिचालित थिए।

प्रत्यारोपण शल्यकृया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो।

प्रकाशित: १२ वैशाख २०८० ११:०४ मंगलबार

किष्ट शिक्षण अस्पताल