स्वास्थ्य

स्वास्थ्य सेवा सामग्री उपलब्ध गराउँदै केएस इन्टरनेसनल

 केएस इन्टरनेसनलले क्रिटिकल युनिट, अस्पताल फर्निचर, अस्पताल होलोवेयर र सर्जिकल उपकरणहरूलगायत विभिन्न मेडिकल सामग्री र विशेषज्ञ टोली देशभर उपलब्ध गराउँदै आएको छ।

कम्पनीले सुपथ मूल्यमा उच्च गुणस्तरीय चिकित्सा उपकरण र सेवाहरू देशैभर उपलब्ध गराउँदै आएको दाबी गरेका छन्। कम्पनीका निर्देशक गौरव तिवारीले चिकित्सा उपकरण आयातकर्ताको रूपमा केएस इन्टरनेसनलले देशभरका स्वास्थ्य सेवासुविधामा उच्चतम गुणस्तर उपकरणहरू उपलब्ध गराउँदै आएको बताएका छन्। कम्पनीले अमेरिका, मलेसिया, भारत, पाकिस्तान र चीनलगायत मुलुकबाट ३ सयभन्दा बढी मेडिकल सामग्रीको आयात गरी देशमा सेवा दिँदै आएको बताए।

सन् २०१९ मा स्थापना भएको यस कम्पनीले आफूले आयात गरेका उत्पादनहरू प्रतिष्ठित निर्माताहरूबाट प्राप्त हुने र उद्योग मापदण्ड र नियमहरू पूरा गरेको सुनिश्चित गर्नका लागि कडाइका साथ परीक्षण गर्ने गरेको जनाएको छ।

कम्पनीले बिरामीलाई गुणस्तरीय हेरचाह प्रदान गर्न भरपर्दो र दक्ष चिकित्सा उपकरणको साथ स्वास्थ्य सेवा उद्योगको विकसित आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध रहेको निर्देशक तिवारीले जानकारी दिएका छन्। यसका साथै कम्पनीको विज्ञहरूको टोलीले चिकित्सा उपकरणको प्रयोगमा प्राविधिक सहयोगसमेत प्रदान गर्ने गरेको उनको भनाइ छ। अध्यक्ष तिवारीले कम्पनी देशभरका स्वास्थ्य सेवा प्रदायकहरूका लागि एक विश्वसनीय साझेदार भएकोमा गर्व गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू र सेवाहरू प्रदान गर्न समर्पित रहेको बताएका छन्।

प्रकाशित: २० फाल्गुन २०७९ ००:५५ शनिबार