स्वास्थ्य

फागुन ११ देखि हात्तीपाइले औषधि खुवाइने

सरकारले फागनु ११ देखि १५ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सुरु गर्ने भएको छ। शुक्रबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। 

हात्तीपाइले नियन्त्रण हुन नसकेको १५ जिल्ला झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा यो अभियान सुरु गर्न लागिएको हो। आम औषधी कार्यक्रममार्फत जिल्लामा यो अभियान हुँदै छ। यी जिल्लामा अपेक्षित रूपमा रोग घट्न नसकेपछि आम औषधी सेवन कार्यक्रम राखेको महाशाखाले जनाएको छ। ती जिल्लाका ८४ लाख ९८ हजार ५ सयजनालाई औषधी खुवाउने सरकारको लक्ष्य रहेको छ। आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५ सय स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छ। हात्तीपाइलेविरुद्ध खुवाउन लागिएको औषधी सुरक्षित भएकाले सबैलाई ढुक्क भएर खानका लागि महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

प्रकाशित: ६ फाल्गुन २०७९ ०१:०४ शनिबार

हात्तीपाइले