स्वास्थ्य

बेलायतमा स्तनपानको दर विश्वकै न्युन

लण्डन–बेलायतका महिला आफ्नो बच्चालाई स्तनपान गराउने मामिलामा निकै पछाडि रहेको एक अध्ययनले देखएको छ। बेलायतको स्वान्सी विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको अध्ययनले बेलायतमा स्तनपानको दर विश्वकै न्युन रहेको र एसियाली मुलुक ओमान भने स्तनपानको दर विश्वकै धेरै रहेकोे देखाएको हो।

अध्ययनका अनुसार बेलायतमा स्तनपानको दर ०.५ प्रतिशत रहेको छ भने ओमानमा स्तनपानको दर ९५ प्रतिशत रहेको छ उक्त अध्ययनका अनुसार बेलायतमा एक वर्ष नपुगेका २ सय बालबालिका मध्य एक जनाले मात्र स्तनपान गर्न पाउँछन्। अध्ययनमा सहभागी मनोवैज्ञानिक एमी ब्राउनले भनेकी छन्, ‘बेलायतका महिला बच्चाको भन्दा पनि आफ्नो स्वास्थ्यका बारेमा बढी ध्यान दिन्छन्, उनीहरु आफ्नो स्वास्थ बिग्रने र सौर्दयमा कमी आउने भन्दै आफ्नो बच्चाहरुलाई बोतलको दुध खुवाउँछन्।’

उनले यहाँका महिलाहरु प्राय कामका लागि कार्यलय जाने भएकाले पनि यस कार्यले प्रोत्साहान पाएको बताइन्। उनले महिलाले बच्चा जन्मिएको ६ महिनासम्म अनिवार्य रुपमा आमाको दुध खुवाउनु पर्ने बताउँदै यसका लागि जनचेतनामुलक कार्य संचालन गर्नु पर्ने बताइन्।

ब्राउनले भनिन्, ‘हामी आर्थिक तथा प्राविधिक विषयमा विश्वकै उत्कृष्ट राष्ट्रमा पर्दछौं तर स्तनपानको विषयमा भने विश्वमा निकै पछाडि रहेका छौ , यो एक लाजमर्दो कुरा हो।’

 

प्रकाशित: २४ भाद्र २०७३ ०८:१५ शुक्रबार

बेलायतमा स्तनपानको दर विश्वकै न्युन