स्वास्थ्य

टेकु अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न जरुरी छः राज्यमन्त्री कार्की

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट दिँदै आएका सेवाहरुको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छिन्।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताइन्।

उनले हरेक गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशमा नै सरुवारोग सम्बन्धी अस्पतालहरुको सेवा बिस्तार हुन आवश्यक रहेको बताइन्। उनले आउनसक्ने विभिन्न खाले प्रकोपलाई धान्नसक्ने अस्पतालहरु पालिकास्तरमा बनाउन आवश्यक रहेको बताइन्।

राज्यमन्त्री कार्कीले स्वास्थ्यकर्मीहरुले उठाइरहेको जोखिम भत्ताको बारेमा मन्त्रालय गम्भीर रहेको बताइन्।  

प्रकाशित: १० माघ २०७९ ०७:३८ मंगलबार

डा.तोषिमा कार्की