स्वास्थ्य

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो कामः स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्।

मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताए।

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए। उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए।

नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको उनको भनाइ छ।

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु¥याउनु आफ्नो पहिलो काम भएको बताए।  

प्रकाशित: १० माघ २०७९ ०६:५९ मंगलबार

पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री