स्वास्थ्य

कोरोना भाइरसबाट आज एक जनाको निधन

कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो।  

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन्। 

प्रकाशित: २३ पुस २०७९ १३:४० शनिबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कोभिड–१९ (कोरोना भाइरस)