स्वास्थ्य

सुनसरीको दक्षिणी क्षेत्रमा पाँच शैर्‍याको अस्पताल सुचारु

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन सकेको थिएन्।   केही सामान्य स्तरका स्वास्थ्य क्लिनिक र स्वास्थ्य–संस्थाहरू नभएका होइनन् तर कोही सर्वसाधारणलाई साह्रोगाह्रो पर्दा तत्काल उपचार गर्न लाने स्वास्थ्य संस्थाको नितान्त अभाव थियो।  

पछिल्लो समय हनिरगर हुलाकी राजमार्ग विस्तारले गर्दा यातायातको चाप पनि बढ्न थालेको छ।  दुर्घटनाका घटना बढ्न थालेका छन्।   तर घाइतेको तत्काल उपचारका लागि उपचार गर्न ठाउँ नै छैन।   यही परिस्थिती रहेको बेला सोमबारदेखि पाँच शै¥याको आधारभूत अस्पताल सुरु गरिएको छ।    

अस्पतालसँगै २४ सै घण्टा सेवा पनि दिन थालिएको छ।  यसको औपचारिक उद्घाटन प्रदेशसभा सदस्य डाक्टर इसरायल अन्सारीले गरे। हरिनगरमा स्वास्थ्यको सहज पहुँच नहुँदा सर्वसाधारण इनरुवा, विराटनगर र धरान जान बाध्य भएका थिए।   तर, अव पाँच शैर्‍याको अस्पताल  र २४ सै घण्टा सेवा दिन सुचारु गरिएसँगै स्थानीय बासीन्दालाई ठूलो उपलब्धी भएको सञ्चालक समितिका सदस्य शिव श्रेष्ठले बताए।  

सो क्रममा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले अस्पताल सुरु गरेसँगै स्रोत र साधनले सम्पन्न बनाउनेतर्फ गाउँपालिका लागेको बताए।   स्वास्थ्य–संस्थामा विशेषज्ञ चिकित्सक नहुँदा विशेष उपकरणहरूको अभाव हुँदा बिरामी अन्यत्र अस्पताल लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सक्रिय रुपमा गाउँपालिका जुटेको अन्सारीले बताए।   गाउँपालिकाको योजना भेन्टिलेटर, आइसियु, एनआइसियुजस्ता सेवा दिने स्तरीय अस्पताल बनाउने रहेको छ।

 नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ।   धारा ३५ ९१० मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ।  

प्रकाशित: १८ पुस २०७९ १३:३५ सोमबार

सुनसरी दक्षिणवर्ती क्षेत्र