स्वास्थ्य

पौष्टिक आहाराले बालबालिकाको पोषणमा सुधार

तिला गाउँपालिका  – ४ साँपुल्ली गाउँकी विमला शाहीको एक वर्षको बच्चा छ। विमलाको बच्चा जन्मदा ४ किलोको थियो। अहिले एक वर्षको भयो १० किलो छ। उनले भनिन्, गर्भवती हुदादेखि नै पौष्टिक आहारा खादै आएकोले सुत्केरी हुँदा पनि सहज भयो। बच्चा जन्माउन पनि सजिलो। बच्चामा कुपोषण भएन। अहिले बच्चालाई नियमित पौष्टिक आहारा सर्वोत्तम पिठो खुवाउदै आएकोले पोषणमा सुधार भएको छ।

यस्तै तिला गाउँपालिका – ३ की लालसरी सुनारले १९ वर्षकै उमेरमा बच्चा जन्माइन्। उनको बच्चा अहिले ४ महिनाको छ। सानै उमेरमा बच्चा जन्माउदा असहज हुने उनले महशुस गरिन्।

उनले भनिन्, 'गर्भवती हुदा पौष्टिक आहारा सर्वोत्तम पिठो खादै आएकोले पोषणमा सुधार भएको हुँदा बच्चा जन्माउदा धेरै असर भएन्।पौष्टिक आहारा सर्वोत्तम लिटो पिठोको प्रयोगले आमा र बच्चा दुवैमा पोषण सुधार भएको महशुस गरेको छु।' 

मातृ तथा बाल मृत्यूदर शून्य बनाउन र पोषणमा सुधार ल्याउनका लागि दातृ निकायदेखि नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ। नेपाल सरकारसँग साँझेदार गर्दै विश्व खाद्य कार्यक्रमले कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु जिल्लामा एमडिआई नेपालको प्राविधिक सहयोगमा गर्भवती महिला र ६–२३ महिना भित्रका बच्चालाई पौष्टिक आहारा सर्वोत्तम पिठो वितरण गर्दै आएको छ।  

एमडिआई नेपाल जुम्लाका संयोजक नविन रावलका अनुसार सन् २०१४ देखि यो कार्यक्रम नियमित सञ्चालनमा रहेको छ। उनले भने यसले गर्भवती आमा र बच्चामा पोषण सुधार आएको छ। खाद्य असुरक्षा भएका जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताए।  

उनले भने, 'यो कार्यक्रम मार्फत स्थानीय उत्पादनबाट पनि सर्वोत्तम खाना बनाउन सिकाएका छौँ। पोषण यूक्त खाना सर्वोत्तम पिठो व्यवस्थापन गर्नका लागि प्राविधिक रुपमा १/२ महिना वितरण हुने गरेको छैन। यस्तो अवस्थामा स्थानीय उत्पादनबाट पौष्टिक खाना बनाएर गर्भवती आमा र बच्चालाई खुवाउन सिकाएका छौँ।/

गर्भवती आमा र नवजात बच्चाको पोषण सुधारका लागि गैरसरकारी र सरकारी तवरबाट लगानी भएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीले बताए।

स्वास्थ्य क्षेत्रको सुधारका योजना नै पालिकाले प्रथामिकतामा राख्ने गरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए। 

प्रकाशित: १४ पुस २०७९ १०:१७ बिहीबार

बालबालिका