स्वास्थ्य

नेपालमा कोरोनाको सब भेरियन्ट बीएफ-७ भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको बताएको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सब भेरियन्ट बीएफ–७ नभेटिएको बताएको हो। 

पछिल्लो एक महिनामा देशका विभिन्न स्थानबाट संकलित नमुनाको जिन सिक्वेन्सिङपछि बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त ४८ जनाको नमुनामा ओमिक्रोन भेरियन्ट अन्य सब भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

केहि देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलदै गइरहेकोले निगरानी बढाएको पनि मन्त्रायले जनाएको छ।   

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ओमिक्रोन भेरियन्ट बीए–२, बीए. २.७५, बीए. २.७५.१, बीए. २.७५.२, बीए. २.७५.३, बीए. २.७५.५, बीए. २.७५.६, बीए. २.७६, बीए .५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन्।

स्वास्थ्य सर्तकता अपनाउन भने मन्त्रालयले आग्रह गरेको छ। 

प्रकाशित: ७ पुस २०७९ १२:४१ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय