शिक्षा

विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

फाइल तस्बिर

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ।  

मन्त्रालयले एक सूचना जारी गर्दै आन्दोलनरत विद्यालयका कर्मचारीलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आग्रह गरेको हो।

नेपाल विद्यालय कर्मचारी परिषदले गत साउन २३ मा सेवा सुविधा वृद्धिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

तर सरकारले माग पूरा नगरेको भन्दै उनीले चरणवद्ध आन्दोलन गरिरहेका थिए। आन्दोलनकै क्रममा आजदेखि उनीहरूले विद्यालय बन्द गरेका थिए। 

प्रकाशित: १२ भाद्र २०७९ १२:२२ आइतबार

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय