शिक्षा

खत्याडमा पुस्तक बिना पढाइ

मुगुको खत्याड गाउँपालिकाका कुनै पनि विद्यालयमा अँझै पाठ्यपुस्तक पुग्न सकेको छैन। ४१ विद्यालय रहेको खत्याडमा साउन अन्तिम हुँदा समेत पाठ्यपुस्तक पुग्न नसकेको हो। जसले गर्दा पुस्तक बिना नै विद्यार्थीहरु पढ्न बाध्य भएका छन्।

समयमा पुस्तक नपुग्दा विद्यार्थीहरु मर्कामा परेका हुन्। पुस्तक वितरण र ढुवानीमा लापरवाही हुँदा खत्याडमा पुस्तक पुग्न नसकेको हो। जेष्ठ २३ गते बर्खे बिदा हुँदा समेत पुस्तक नआएको तर, अहिले वर्षातले पुस्तक लैजानै हम्मेहम्मे हुँदा पुस्तक नपुगेको जनाइएको छ।

अन्य तीन वटा स्थानीय तहमा पुस्तक पुगेपनि खत्याडमा नपुगेको छिटटै वितरण गर्ने गरी तयारी भएको शिक्षा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले बताए। ‘७५ प्रतिशत पाठ्यपुस्तक पुगेपनि २५ प्रतिशत पुग्न बाँकी छ।’ इकाई प्रमुख खत्रीले भने, भौगोलिक विकटता त्यसमा पनि पुस्तक ढिलाइ आउँदा समस्या भयो। ऐच्छिक विषयका पुस्तकहरु धेरै पालिकामा पुग्न सकेका छैनन्।’

जेष्ठ २३ गते बर्खे बिदा भएर मुगुमा असारको २४ गते विद्यालय खुलेको हो। मुगुभर १ सय ४० विद्यालयमा १ देखि १२ कक्षासम्म १९ हजार ८ हजार ८५ विद्यार्थी अध्यानरक्त छन्।

प्रकाशित: १० भाद्र २०७९ ०२:३६ शुक्रबार

मुगुको खत्याड गाउँपालिका