शिक्षा

‘काठमाडौँलाई काठमाडौँ नै बनाइराखौं’

काठमाडौँमा रहेका मौलिक घरहरुलाई सोही रुपमा जोगाइ काठमाडौँलाई काठमाडौँ नै बनाइ राख्नुपर्नेमा विदेशी विद्यार्थीहरुले जोड दिएका छन्। काठमाडौँको परिचय यहाँंको मौलिक घरहरु पनि रहेको भन्दै उनीहरुले ती घरहरुलाई त्यही रुपमा जोगाइराख्न सके काठमाडौँ काठमाडौँकै रुपमा जोडिने बताए।

यी घरहरुलाई जोगाउन काठमाडौँबासी सचेत हुनुपर्ने खाँंचो उनीहरुले औँल्याए। साथै ती घरहरुलाई जीवन्तता दिन स्थानीय निकाय नगरपालिकाहरुले पनि उचित नीति बनाउनुपर्ने आवश्यकता औंल्याए। साथसाथै यसका लागि परम्परागत निमार्ण सामाग्रीको उपलब्धता पनि उत्तिकै जरुरी रहेको उनीहरुको निष्कर्ष छ।

भुटान र लिथोनिया दुई देशका विद्यार्थीले प्रिजर्भिग एडीओवो आर्किटेक्चर अफ नेपाल विषयमा रहेको भक्तपुर र पनौतीमा गरेको दुई हप्ते केस स्टडीको फाइनिंग बिहीबार नेपाल इञ्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा प्रस्तुत गर्दै उनीहरुले जनचेतना, नगरपालिकाको नीति र निर्माण सामाग्रीको उपलब्धतामा ध्यान दिन सकिए पुराना मौलिक घर पुरानै रुपमा विकास गर्न सकिने औंल्याए।

केस स्टडीको रिपोर्ट तीन वटा विद्यार्थीको समूहले प्रस्तुत गरेका थिए। प्रत्येक समूहमा पाँंचपाँंच जना गरी १५ जना विद्यार्थी त्यसमा सहभागी भएका थिए। विद्यार्थीको केस स्टडीका लागि भक्तपुरको लागि निर्देशक नेपाल इञ्जिनियरिंग कलेजका एसोसिएट प्रोफेसर रामप्रसाद सुवालका अनुसार विद्यार्थीले भक्तपुर र काभ्रेपलाञ्चाेकको पुराना वस्तीका घरहरुको अवलोकन भ्रमण गरेका थिए।

विद्यार्थीले त्यहाँं अध्ययन भ्रमण तथा सरोकारवालाहरुसँंग अन्तर्वार्ता गरी केस स्टडी तयार पारेका हुन्। भुटानका दस जना र लिथोनियाका पाँंज जना गरी कुल १५ जना विद्यार्थी फिल्डमा पुगेर केस स्टडी तयार पारेको एसोसिएट प्रोफेसर सुवालले जनाए।

नेपाल इञ्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले साउथ एसियाका विश्वविद्यालयहरुमा समस्याको आधारमा सिकाई कार्यक्रम अन्तर्गत यो केस स्टडी भएको जानकारी गराए। विश्वविद्यालयका विद्यार्थीको स्तर तीन घण्टाको परीक्षाले मात्रै गर्न नसक्ने भन्दै उनले समस्याको आधारमा सिकाइको महत्वबारे चर्चा गरे।

कार्यक्रममा सहभागी विद्यार्थी, सहयोगी एसोसिएट प्रोफेसरहरु, परम्परागत वस्तीको जर्गेनामा सक्रिय अभियन्ता रवीन्द्र पुरीलगायतका सरोकारवालाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। नेपाल इञ्जिनियरिंग कलेजका प्रिन्सिपल प्राडा श्रेष्ठ, भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराईलगायतले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। 

प्रकाशित: ९ भाद्र २०७९ १२:४३ बिहीबार

‘काठमाडौँलाई काठमाडौँ नै बनाइराखौं’