शिक्षा

विद्यार्थीकेन्द्रित सिकाइमा जोड

२०५२ सालदेखि विज्ञान विषयबाट सुरु किस्ट कलेजले दुई दशकको अवधिमा प्रगतिको शिखर चुमेको छ।

यस कलेजले २०५४ सालदेखि पेसागत हिसाबले समाजका फरक क्षेत्रमा अपरिहार्य बनेको जनशक्ति उत्पादनका लागि कक्षा ११ र १२ मा व्यवस्थापनको अध्यापन पनि सुरु गर्‍यो। कलेजका प्लस टु र अन्य तहका सबै परीक्षा परिणामसमेत अत्यन्त उत्कृष्ट रहेका छन्। कलेजका लाइब्रेरी, प्रयोगशाला आदि सम्भवतः काठमाडौंकै सबैभन्दा उत्कृष्टमध्ये पर्दछन्। अध्ययन-अध्यापनको स्तरीयताको प्रतिबद्धतासहित कलेजले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा विशेष जोड दिएको छ।

नियमित अध्ययन-अध्यापनका साथै विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीमा रहेको क्षमता विस्तारमा कलेजले ध्यानकेन्द्रित गरेको छ। उत्कृष्ट र अनुभवी शिक्षकशिक्षिकाबाट अध्यापन गराउने यस कलेजको उत्कृष्ट नतिजाका लागि विद्यार्थीकेन्द्रित शिक्षण सिकाइमा जोड रहेको छ।

कक्षा १२ का विद्यार्थीलाई कलेजले मेडिकल, इन्जिनियरिङ तथा व्यवस्थापन उच्चशिक्षा अध्ययनार्थ सहयोग पुर्‍याउन निःशुल्क तयारी कक्षा समेत दिने गरेको छ। स्नातकतर्फ बिबिए, बिआइएम, बिआइटी, बिबिएस/बिएससी माइक्रोबाइलोजी तथा स्नातकोत्तरतर्फ एमबिएस/एमएससी माइक्रोबाइलोजी समेतको अध्यापन हुने यो कलेज विद्यार्थीका लागि एउटा उत्कृष्ट गन्तव्य हो।

प्रकाशित: २२ श्रावण २०७९ ०२:१३ आइतबार

विद्यार्थीकेन्द्रित सिकाइमा जोड अध्ययन-अध्यापनको स्तरीयता