करियरको प्रवेशद्वार मानिने प्लस टु पढ्नुअघि यदि उपयुक्त विषय र कलेज छान्न सकिएन भने त्यसको असर जीवनभर रहन सक्छ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएसँगै यतिबेला विद्यार्थी र अभिभावक उपयुक्त शैक्षिक संस्थाको खोजीमा छन्। एकातिर कलेजहरुलाई भने इन्ट्रान्स परीक्षाको नाममा परीक्षा लिन भ्याइनभ्याइ छ।
हाल बजारमा जहाँ त्यही कलेजहरूको विज्ञापन देख्न सकिन्छ। जसले विज्ञापन धेरै गर्छ उसैकोमा विद्यार्थीको आकर्षण पनि बढ्ने गर्छ। शैक्षिक संस्थाहरूको प्रतिस्पर्धा चलिरहेको बेला विज्ञापनकै भरमा कलेज छान्नु कतिको उपयुक्त छ? प्लस टु पढ्नका लागि उपयुक्त कलेज कसरी छान्ने त?
राम प्रसाद सुवेदी
काठमाडौँ महानगरपालिका शिक्षा विभाग, शिक्षा अधिकारी
विद्यार्थीहरुले साथीहरूको लहलहैमा लागेर केही नबुझी विद्यालय छनोट गर्ने प्रवृत्ति छ, जुन उपयुक्त हुँदैन। सही व्यवस्थापन भएको, सिर्जनात्मक क्षमता विकास गर्ने विद्यालय छनोट गर्नुपर्दछ। प्रत्येक विद्यार्थी र अभिभावकले छनोट गर्न चाहेको विद्यालयको पछिल्लो शैक्षिक अवस्था बारे बुझ्न जरूरी छ। कलेजले विगतदेखिकाे नतिजा हेर्न एकदम जरुरी हुन्छ। त्यस संस्थाबाट पढेका विद्यार्थीले कुन–कुन ठाउँमा सर्वोत्कृष्टता हासिल गरेका छन्, त्यसमा पनि ध्यान दिनुपर्दछ।
हाइफाइ क्लासका विद्यार्थीहरू मात्र पढ्ने ट्रेड भएका विद्यालय छान्दा, साथीहरुसँग अलग्गिने सम्भावना बढी हुन्छ। कलेज छान्दा विद्यालय सञ्चालन गर्ने तरिका, शिक्षकको दक्ष सबै कुरा तथ्य निकाल्नु जरुरी हुन्छ।
विद्यार्थी र अभिभावकहरुमा एसइई परीक्षा दिँदादेखिनै अब कुन कलेज पढ्ने भन्ने चिन्ताकाे विषय हुन्छ। विद्यार्थी र अभिभावकहरुले विषय छान्दा कम्तिमा विद्यार्थीको माध्यमिक तहसम्मको वेस कुनमा राम्रो छ, इन्ट्रेस्ट के मा छ यी दुई कुरालाई हेरेर छान्न पर्दछ। अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई डाक्टर इञ्जिनियर पढाउँछु भनेर विद्यार्थीको इच्छा भन्दा फरक विषय पढाउँदा, पढाइ नै बिग्रिएको पनि छ।
विद्यालय छान्दा भने विद्यार्थीहरुले भने हाइफाइ कलेजहरू नै रोज्छन्। यसमा अभिभावकहरुले ध्यान दिन जरूरी हुन्छ। हाइफाइ क्लासका विद्यार्थीहरू मात्र पढ्ने ट्रेड भएका विद्यालय छान्दा, साथीहरुसँग अलग्गिने सम्भावना बढी हुन्छ। कलेज छान्दा विद्यालय सञ्चालन गर्ने तरिका, शिक्षकको दक्ष सबै कुरा तथ्य निकाल्नु जरुरी हुन्छ।
एल.बि राना
शैक्षिक क्षेत्रमा करिब तीन दशकको अनुभव
विद्यार्थीले आफ्नो रुची अनुसार नै विषय र कलेज छनोट गर्नुपर्छ, पछि गएर दीर्घकालीन रूपमा कुन विषयमा काम गर्ने हो, यो विषय पढ्दा पछि गएर परिवार समाज देशलाई के दिनसक्छु भन्ने सोच्नु राख्नुपर्छ। विद्यार्थीहरुले आफूलाई मन लागेको विषयमा आफ्ना गुरुवर्गहरुको सल्लाह सुझाव लिन सक्छन्, अहिले विद्यार्थीहरु ठूला ठूला बिल्डिङ भाको, स्वीमिङ पुल भाको, राम्रो बोर्ड भाको, राम्रो विज्ञापन भाको शैक्षिक संस्था तिर आकर्षित छन्।
ठूला ठूला बिल्डिङ भाको शैक्षिक संस्थामा पाँचतारे होटल जस्ता सुविधाहरु पनि होलान्, यस्ता सुविधा हुदैमा सो विद्यालयहरुले दिने शिक्षा सबैभन्दा उत्तम हुन्छन् भन्ने छैन। ग्रामीण क्षेत्रबाट आएका दुरदराजमा अध्ययन गर्ने विद्यार्थीहरु पनि उत्कृष्ट छन्।
बिल्डिङ हेर्नु भन्दा शिक्षाको गुणस्तर हेर्न जरुरी छ। हामीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन। धेरै शुल्क तिर्दा गुणस्तरी शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। यो फगत एउटा भ्रम मात्र हो। जहाँ पढेपनि विद्यार्थी आफैले पढ्ने हो। सामान्य कलेजमा पनि आफूलाई निखारेर लान सकिन्छ।
पाठ्यक्रम विकास केन्द्रले तोकेको उद्देश्य बमोजिम नै विद्यार्थीहरुले शिक्षा प्राप्त गर्ने हो । त्यसका लागि निपूर्ण भएका आफ्नो क्षेत्रमा दक्ष भएका शिक्षक महत्वपूर्ण हो विद्यालयहरूको भौतिक संरचना होइन।
होटलका जस्ता सुविधाहरु दिएर पढाउने शिक्षा र सामान्य विद्यालयमा पढाइने शिक्षा एउटै हो, पाठ्यक्रम एउटै हो। तसर्थ बिल्डिङ हेर्नु भन्दा शिक्षाको गुणस्तर हेर्न जरुरी छ। हामीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन। धेरै शुल्क तिर्दा गुणस्तरी शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। यो फगत एउटा भ्रम मात्र हो। जहाँ पढेपनि विद्यार्थी आफैले पढ्ने हो। सामान्य कलेजमा पनि आफूलाई निखारेर लान सकिन्छ।
अहिलेको हामी भीडमा हिडिरहेका छौँ। एक अर्काको पछाडि लागिरहेका छौँ। विद्यार्थीहरु अरुको देखासिकी गरी, साथीभाइहरुले गरेको कुराहरुलाई पछ्याउने धेरै छन्। साथीहरुभाई जहा पढे त्यसैमा पढ्नुपर्छ भन्ने छैन। आफ्नो रुची अनुसारको विषय कहाँ राम्रो छ त्यहाँ पढ्न हो। विद्यार्थीहरुले आफ्नो रुची अनुसारको विद्यालय छान्न आफ्नो गुरुवर्ग अभिभावक, अग्रजसँग आफ्नो अवस्था, उद्देश्य र योजनाका लागि आवश्यक परामर्श तथा राय सुझाव लिइ विषय छनोट गर्नु उपयुक्त हुन्छ।
प्राप्त गर्ने अभिलाषामा अरुको इच्छाबमोजिम पढ्दा, पछि गएर बाधा आर्चन निम्तिन सक्छ। जीवनमा ठेस लाग्न सक्छ। अहिले अधिकांश कलेजहरू विज्ञापनको पछि लागिरहेका छन्।विज्ञापन राम्रो हुँदैमा कलेजमै राम्रो हुन्छ भन्ने पनि छैन, हरेक चम्किने चिज सुन नहुन पनि सक्छ।
आफ्नो गन्तव्य अनुसारको शैक्षिक संस्था रोज्न सके भविष्यमा सफल हुन सकिन्छ, उच्च शिक्षा प्राप्त गर्ने अभिलाषामा अरुको इच्छाबमोजिम पढ्दा, पछि गएर बाधा आर्चन निम्तिन सक्छ। जीवनमा ठेस लाग्न सक्छ। अहिले अधिकांश कलेजहरू विज्ञापनको पछि लागिरहेका छन्।विज्ञापन राम्रो हुँदैमा कलेजमै राम्रो हुन्छ भन्ने पनि छैन, हरेक चम्किने चिज सुन नहुन पनि सक्छ।
धेरैजसो विद्यार्थी छात्रवृत्तमा केन्द्रित भएर पनि कलेज रोज्छन्। छात्रवृत्ति भनेको कलेजको सिंगार को एक तत्व मात्र हो। अभिभावकहरुले छात्रवृतिको होडबाजी लाग्नु वा मेरा छोराछोरीले छात्रवृत्ति पाए भन्नुभन्दा उसले के गर्यो र पयो भन्ने कुरा बुझ्न जरुरी छ। कलेजले विद्यार्थीलाई एक कोठामा राखेर १ घन्टा भित्र विद्यार्थीको क्षमतालाई बुझेर हाम्रो शुल्क यति छ , विद्यार्थी क्षमता राम्रो छ, हामी यति प्रतिशत छुट दिन्छौँ भन्नु पनि कत्तिको सही छ?
कलेजहरुले पनि विद्यार्थीलाई सुरुमै छुट (डिस्काउन्ट) दिनुभन्दा, उसको भविष्य यस कलेजमा सुरक्षित छ भनेर विश्वास दिलाउन सक्नुपर्छ। उसको रुची अनुसार जीवनसँग जोडिएको कुराहरु सिकाउने प्रतिबद्धता दिलाउनु पर्दछ। कलेजको बारेमा राम्रोसँग अध्ययन गर्ने बुझ्ने विद्यार्थीले आफ्नो लक्ष्य र उद्देश्य अनुसारको पढ्न चाहेको विषय, म यो कलेजमा पढ्न सक्छु यहाँ बाट म केही बन्न सक्छु भन्ने विश्वास कलेजले दिन सके उसले राम्रो अध्ययन गर्न सक्छ।
ओम प्रकाश कायस्थ
प्रचार्य, न्यु ईरा विद्यालय लमजुङ।
दश पछिको माध्यमिक शिक्षा ११ र १२ कक्षामा अध्ययनका लागि धेरै विषयहरू छन्। अनेकौं विषयहरूमध्ये आफूले कुन विषय लिएर अध्ययन गर्दा के फाइदा हुन्छ? आफ्नो रुची र भविष्यमा आफ्नो सम्भावित आधार कुन हो? कुन विषयको उपयोगिता के छ? त्यसको उच्च शिक्षाको अवस्था के छ? सम्भावना के छ? अध्ययन गर्दा लाग्ने खर्च के कति लाग्छ? यी विषयमा अभिभावक र विद्यार्थी दुवै जानकार हुनुपर्छ।
अनेकौं विषयहरूमध्ये आफूले कुन विषय लिएर अध्ययन गर्दा के फाइदा हुन्छ? आफ्नो रुची र भविष्यमा आफ्नो सम्भावित आधार कुन हो? कुन विषयको उपयोगिता के छ? त्यसको उच्च शिक्षाको अवस्था के छ? सम्भावना के छ? अध्ययन गर्दा लाग्ने खर्च के कति लाग्छ?
कलेज छान्दा ध्यान दिनु पर्ने कुराहरु भनेको त्यसको एकेडेमिक पूर्वाधार, अनुशासन, व्यवहारिक एवं उपयोगी शैक्षिक सामग्री, नतिजा आदि हुन्। भौतिक पूर्वाधार ठूलो कुरा होइन, यो बाहिरी वातावरण मात्र हो स्पष्ट लक्ष्य भएका अनुभवि तथा विषय पारंगत शिक्षकहरूद्वारा सञ्चालित एवं अध्यापन गराइने शैक्षिक संस्था नै छनौट गर्नुपर्छ।
(अहिले कक्षा ११ र १२ लाई विद्यालय तहको शिक्षाअन्तर्गत समेटेर माध्यमिक शिक्षा मानिएको छ।)
प्रकाशित: २१ श्रावण २०७९ १३:३१ शनिबार