शिक्षा

जीपीए ४ ल्याउने ९ हजार ६ सय ३३

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो।  

यो वर्ष ४ जीपीय ल्याउने संख्या ९ हजार ६ सय ३३ रहेको छ। एसइईको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने छ।  

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

प्रकाशित: ११ श्रावण २०७९ १०:२९ बुधबार

एसइई राष्ट्रिय परीक्षा बोर्ड