शिक्षा

भक्तपुरमा व्यवस्थापन पढ्न चाहने विद्यार्थीलाई परामर्श हुने

ख्वप कलेज र शारदा क्याम्पसको संयुक्त आयोजनामा भक्तपुरमा ह्वाट अफ्टर प्लस टु म्यानेजमेन्ट (दस जोड दुईमा व्यवस्थापन सकेपछि के पढने?) विषयमा विद्यार्थीलाई परामर्श दिइने भएको छ। दस जोड दुई पास गरिसकेर व्यवस्थपन संकाय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी मागदर्शन गर्न कार्यक्रम गर्न लागिएको कलेजले जनाएको छ।

कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थापन संकाय लिएर दश जोड दुई पास गरिसकेका विद्यार्थीलाई मागनिर्देशन गर्न सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाए। कार्यक्रम भोलि शनिबार विहान ११ बजे कलेजमै हुने उनले जानकारी गराए।

कार्यक्रमबाट व्यवस्थापन संकाय लिई दस जोड दुई पास गरिसकेका विद्यार्थीलाई थप अध्ययनका लागि कसरी अगाडि बढ्दा उपयुक्त होला भन्ने मार्गदर्शन मिल्ने विश्वास गरिएको छ। व्यवस्थपन विषय लिई स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुले कार्यक्रमबाट फाइदा उठाउन सकिने जनाइएको छ।

कार्यक्रममा विज्ञहरुले व्यवस्थापन संकायमा केक विषयहरु छन्?, कहाँंकहाँं पढन सकिन्छ?, पढेपछि केके हुन पाइन्छ? यसका स्कोपहरु केके छन्? आदि विषयहरुमा जानकारी दिने जनाइएको छ। कार्यक्रम विहान ११ बजेदेखि दुई तीन घण्टामै सिमित हुने जनाइएको छ।

कार्यक्रममा सहभागिताको लागि निःशुल्क गरिएको छ। तर सहभागी हुन विद्यार्थीले फारम भर्न सक्नेछन्। कार्यक्रम सुरु हुनु भन्दा केही समय अगाडि आएर उक्त फारम भर्न सकिने जनाइएको छ। यसले कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्नेछ।

विद्यार्थी अनि अभिभावकहरुको मागलाई मध्यनगर गरी कार्यक्रम गर्न लागिएको हो। भविष्यमा विज्ञान, मानविकीलगायतका संकायहरुमा पनि यस्तो कार्यक्रम राख्ने योजना रहेको कलेजले जनाएको छ। कलेजले यसअघिका वर्षहरुमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको थियो।   

प्रकाशित: २३ असार २०७९ १२:३० बिहीबार

ख्वप कलेज र शारदा क्याम्पस