शिक्षा

अब एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

पर्सा जिल्लाका निजी विद्यालय आवद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ।

प्याब्सन पर्सा र एन प्याब्सन पर्साका अनुसार हाल शैक्षिक सत्र आरम्भ भएको बेला स्कूलको शुल्क तिर्न नसकेका अभिभावकले आफ्नो बच्चालाई एक विद्यालयबाट अर्को विद्यालयमा भर्ना गराउने गरेको पाइएकाले विद्यालयको हस्तान्तरण प्रमाणपत्र अनिवार्य गरिएको हो।

एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थी उक्त विद्यालयको सहमति बिना अन्य विद्यालयलाई भर्ना हुँदा विद्यालयलाई वार्षिक लाखौँ रुपैयाँ घाटा लागिरहेको भन्दै दुवै संस्थाले यस्तो सहमति गरेका हुन्।

अबदेखि  एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको हस्तान्तरण प्रमाणपत्र लिएर मात्र अन्य विद्यालयमा भर्ना गर्न पाउने गरी सहमति भएको एन प्याब्सन पर्साका अध्यक्ष रामकुमार श्रेष्ठले बताए। दुवै संस्थामा गरी पर्सामा करिब सय हाराहारीमा निजी विद्यालय आवद्ध रहेका छन्। 

प्रकाशित: १८ जेष्ठ २०७९ ०९:५६ बुधबार

निजी विद्यालय हस्तान्तरण प्रमाणपत्र प्याब्सन पर्सा र एन प्याब्सन पर्सा