शिक्षा

विद्यार्थीलाई अरनिको सम्मान

विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले एमबीबीए र प्यारामेडिकलमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने २६ जना विद्यार्थीलाई सम्मान गरेको छ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि सोमबार उनीहरूलाई सम्मान गरिएको हो। २६ जना विद्यार्थीहरूले चैतमा दिएको प्रवेश परीक्षामा एमबीबीएसमा १० र प्यारामेडिकल र इन्जिनियरिङमा ८–८ जना विद्यार्थीले नाम निकालेका थिए। एएमबीबीएसतर्फ देवकुमार साह, लाक्पा मोक्क्तान, खुस्बु नायक, प्रज्ज्वलकुमार माझी, प्रिन्स कुमार, कुलदीप बस्नेत, दीपेन्द्रकुमार यादव, सन्देश त्रिताल र खुस्बु चौधरी रहेकी छिन्। 

यस्तै प्यारामेडिकलमा आकृति दाहाल, फारुप अन्सरी, नवराज यादव, जयनन्द साह, डिजेम्बरकुमार यादव, जयराम यादव, कृष्ण साह र जीवन्द्रकुमार यादव तथा इन्जिनियरिङतर्फ विकास पोखरेल, रामबाबु यादव, उदय ठाकुर, दुर्गेसनारायण यादव, सुशान्त साह, प्रलव आचार्य, मिसन भट्टराई र सतिशकुमार यादव रहेका छन्। उनीहरूलाई कलेजले दोसल्ला र नगदसहित सम्मान गर्‍यो।  

त्यस्तै, ६ जना उत्कृष्ट विद्यार्थीहरू पनि पुरस्कृत भएका छन्। यसरी पुरस्कृत हुनेहरूमा निकिता झा र निरज रेग्मी रहेका छन्। उनीहरूलाई नगद ३५ हजार रुपैयाँसहित पुरस्कृत प्रदान गरिएको छ। यस्तै बिनिता न्यौपाने, दीक्षा साह, आकाश यादव र आकृत त्रिताललाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ। उनीहरूलाई विद्यालयका पूर्व विद्यार्थी दिवस थापाले आमाबुवाको नाममा स्थापना गरिएको अक्षय कोषको राशिबाट पुरस्कृत गरिएको हो।

प्रकाशित: २६ वैशाख २०७९ १४:२६ सोमबार