शिक्षा

पाकिस्तानमा अध्ययन गरेका नेपालीको भेला

नेपालबाट छात्रवृत्तिमा पाकिस्तान गई विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्नेहरूको काठमाडौंंमा एक कार्यक्रम भएको छ।

कार्यक्रममा पाकिस्तान प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत एबिबिएस, बिडिएस, डि–फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्नेहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाली सेनाका पूर्वप्रमुख राजेन्द्र क्षेत्रीले नेपालको विकासका लागि विशेष गरी प्राविधिक शिक्षा रहेको र सो क्षेत्रमा पाकिस्तानले पुर्‍याएको योगदानको चर्चा गरे।

नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षाको अवसर दिएकोमा उनले पाकिस्तान सरकारलाई धन्यवाद दिए। कार्यक्रममा पाकिस्तानी राजदूत सायद हैदर साहले नेपाल र पाकिस्तानबीच जनस्तरसम्म सम्बन्ध बढेको बताएका थिए।

प्रकाशित: ६ चैत्र २०७८ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App