शिक्षा

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। 

हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लुका ती विद्यालयका एक हजार ७ जना विद्यार्थीलाई सहयोगस्वरुप निःशुल्क कपडा वितरण गरिएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी र सहायक कर्मचारीहरूका लागि पनि स्विटर, ज्याकेट र पाउडर क्रिमलगाएतका सामग्री निःशुल्क उपलब्ध गराइएको थियो।  

जनता मावि कोलाँती भुम्लु,अरुणोदय मावि सिम्थली र सेतीदेवी आधारभूत विद्यालय कामिडाँडा लगायतका विद्यार्थीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो। यसअघि पनि पहिलो चरणमा सोही गाउँंका १४ विद्यालयका विद्यार्थीहरूलाई यस्तै सामग्री वितरण गरिएको थियो।  

हजुरलाई नमस्ते परोपकारी संस्थाले परोपकारीहरुबाट संकलन गरेको कपडा वितरण गरिएको हो। रोटरी क्लबका कञ्चन शर्मा र निर्मला शर्मा कोइराला, अभियानका सदस्य शेरबहादुर कुँवर, फाल्गुण कुँवर, वडा नम्बर ६ का अध्यक्ष भरतबहादुर शिवभक्त, वडा अध्यक्ष कृष्णकुमार कार्कीलगायतका उपस्थिति कपडा वितरण गरिएको हजुरलाई नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले बताए। काठमाडौंको बाफल निवासी कुँंवरको यो जन्मगाउँं हो।

प्रकाशित: १३ फाल्गुन २०७८ १२:५८ शुक्रबार