शिक्षा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङमा ३२ विद्यालय छनोट भएका छन्। राईनासका आठ, बेसीशहरका ६ र  सुन्दरबजार नगरपालिकाका पाँच विद्यालय छनोटमा परेका छन्।

त्यस्तै, दोर्दीका पाँच, मध्यनेपालका चार, मर्स्याङ्दीका  तीन र दुधपोखरी गाउँपालिकाको एउटा विद्यालय छनोट भएको छ। शिक्षा तथा मानव स्रोतत विकास केन्द्रका अनुसार छनोट भएका १४ वटा विद्यालयमा कक्षा कोठा निर्माण हुनेछ। त्यस्तै, शिक्षामा नविन प्रविधि प्रवर्द्धनमा १७ र  एउटा विद्यालय प्रयोगशालाका निम्ति छनोट भए।

आठ वटा विद्यालयमा चार कोठे भवन बन्नेछ भने नौ वटा विद्यालयमा दुई कोठे भवन बन्ने छ। जिल्लामा गत वर्ष सोही कार्यक्रम अन्तर्गत १६ विद्यालय छनोटमा परेका थिए। छनोट भएका विद्यालयले ६ लाख ५० हजारदेखि ३६ लाख रुपैयाँसम्म अनुदान पाउने छन्। 

प्रकाशित: ७ फाल्गुन २०७८ ०७:५० शनिबार

राष्ट्रपति विद्यालय सुधार कार्यक्रम