शिक्षा

शिक्षामन्त्रीद्वारा पुँजीगत खर्च बढाउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८/०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सोही निर्देशन दिएका छन्।

मन्त्रालयको पुँजीगत खर्च चिन्ता जनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिए। यस्तै उनले कर्मचारीले कामगर्न खोजेको भएपनिमुर्त रुपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकोमा चिन्ता व्यक्त गरे। साथै उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखहरुलाई निर्देशन पनि दिए।

मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरण अनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तियमा ३८.८९ प्रतिशत, पुँजीगत तर्फको भौतिकमा २० प्रतिशत र वित्तिय तर्फ ३ प्रतिशत रहेको छ। यस्तै संघमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीय तर्फ २.८२ प्रतिशत रहेको छ।

प्रकाशित: २६ माघ २०७८ १३:०३ बुधबार

अघिल्लो आर्थिक वर्ष शिक्षा विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेल