शिक्षा

केयुमा ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको पठनपाठन सुरु हुँदै

काठमाडौं विश्विद्यालय (केयु) ले विद्यालय तहमा प्राविधिक तथा व्यवसायिक विषय पठनपाठन गराउने शिक्षक उत्पादन गर्ने लक्ष्यसहित मार्च १ तारेखदेखि (बीटेक एड) ब्याचलर इन टेक्निकल एजुकेसन कोर्षको कक्षा सुरु गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयको स्कुल  अफ एजुकेसनका डिन प्राडा बालचन्द्र लुइँटेलले आइतबार पत्रकार सम्मेलन गरी आउदो मार्चदेखि सभिलि इन्जिनियर, मेकानिकल र सूचना प्रविधि विषयमा ब्याचलर अफ टेक्निकल एजुकेसनको कक्षा संचालन गर्न निर्णय भएको बताए।

देशमा प्राविधिक तथा ब्यावसायिक शिक्षा पढाउने शिक्षक तथा सिकाइ सहजकर्ताहरुको अभाव भएको कारण महसुस गर्दै केयुले प्राविधिक शिक्षा पढाउने शिक्षकहरुमा शिक्षा तथा शैक्षणिक पद्यतिको ज्ञान, सिप तथा क्षमता  बढाउन बीटेक एडको पठनपाठन सुरु गर्न लागेको उनले जनाए।  

नेपालमा प्राविधिक तथा ब्यवसायिक विषयको पठनपाठन  सुरु भएको साढे तीन दशक वितिसक्दा पनि विद्यालय तथा विश्वविद्यालय तहमा यो विषयको पठनपाठन गराउने शिक्षक हालसम्म पनि कुनै विश्वविद्यालयले उत्पादन नगरेको जनाउँदै डिन प्राडा लुइँटेलले केयुले देशको आवश्यक्ता अनुसारको जनशक्ति उत्पादन गर्ने कामको थालनी गरेको जनाए।

‘विद्यालय तहमा प्लसटु र विश्वविद्यालय तहमा स्नातक विषयमा प्राविधिक तर्फ अध्यापन गराउने शिक्षक तथा शैक्षणिक सहजकार्ता तयार गर्न केयु स्कुल अफ इजुकेसनले चार वर्षे बीटेक एड कोर्ष सुरु गरेको हो,’ डिन प्राडा लुइँटेलले भने ‘भर्नाकोलागि अनलाइन फारम खुलाइसकेको छ। इच्छुक विद्यार्थीले अनलाइन फारम  भर्नु पर्छ।’उनले थपे ‘यो विषय इन्जिनियरि होइन।

अध्ययनपछि इन्जिनियरिङ्ग परिषदबाट लाइसेन्स पनि लिनु पर्दैन। तर विद्यालय तथा विश्वविद्यालयमा अध्यापन गराउन हालसम्म प्राविधिक विषयमा लाइसेन्स दिने ब्यवस्था पनि छैन।’उनले थपे ‘बीटेक एड अध्ययनपछि इन्जिनियरनै बन्न चाहेमा विद्यार्थीले स्नातकोत्तर तहमा आफुले अध्ययन गरेकै विषयमा अध्ययन गर्न सक्ने  अवसर खुला हुन्छ।’ यति मात्र होइन स्नातकोत्तर तहकोमा विद्यार्थीले मास्टर इन ससटेनेवल डेबलपमेन्ट, मास्टर इन एनि डिसिपिलिन आर्ट, मास्टर इन स्टीम इजुसेन वा अन्य कुनै मिल्ने धारका विषय समेत अध्ययन गर्ने वातावरण बन्छ।

बीटेक इन एड अध्ययन गर्ने विद्यार्थी सूचना प्रविधि तर्फ जाने हो भने कक्षा १२ पास गरेको कम्तीमा प्रत्येक विषयमा डिप्लस ग्रेड प्राप्त गरेको र जिपिए १.८ प्राप्त गरेको मापदन्ड पुरा गर्नु पर्छ।  यसैगरी बीटेक इन सिभिल वा मेकानिकल अध्ययन गर्ने विद्यार्थीले कक्षा १२मा प्रत्येक विषयमा डि प्लस ग्रेड प्राप्त गरेको, जिपिए १.८प्राप्त गरेको , विज्ञान विषय लिएर भौतिक शास्त्र, रशायनशास्त्र र  गणित विषय अध्ययन गरेको हुनु पर्ने मापदन्ड तोकिएको छ।

बीटेक एड अध्ययन गर्ने विद्यार्थीले स्कुल तथा कलेजहरुमा अध्यापन गराउन शैक्षिक सामाग्री निर्माण, पाठ्यक्रम निर्माण, ल्याबमा काम गर्नेलगाएतका प्राविधि दक्षता हासिल गर्ने छन्। जुन नेपालमै पहिलो पटक हुने छ,’ डिन लुइँटेलले भने ‘मार्च देखि सुरु हुने कक्षाकोलागि तिनै विषयमा कुल सय सिट तोकिएको छ। चार  वर्षे कोर्ष विद्यार्थीले ५ लाख ७२  हजारमा पुरा गर्न सक्छन्।’

हाल नेपालमा सूचना प्रविधि विषय दुइ नम्बर प्रदेशको जनकपुरमा रहेको जानकी कलेज फर प्रोफेसनल स्टडी, वकिल टोलमा र सिन्धुलीको सिन्धुली कमुनिटि टेक्नीकल इनस्टीच्युट नुनथला कमलामाईमा कोर्ष संचालन गर्न अनुमति दिएको छ।

यसैगरी सिभिल इन्जिनियरीग विषयको पठनपाठनकोलागि सिन्धुली कमुनिटि टेक्नीकल इनस्टीच्युट नुनथला कमलामाईले पाएको छ। भने मेकानिकल इन्जिनियरिग विषयको पठनपाठनको अनुमति बुटवल टेक्नीकल इन्स्टीच्युटले पाएको विश्वविद्यालयले जनाएको छ।

विद्यार्थीले फरम भर्ने म्याद फेबु्रअरी २१ सम्म अर्थात अब विद्यार्थीले फरम भर्ने २२ दिन मात्र बाकी रहेको  बताउँदै बीटेक एडमा विद्यार्थीले कुल  १३६ क्रेडिट आवरको पठनपाठन गर्ने जनाए। ‘चार वर्षे कोर्ष अध्ययनकै क्रममा विद्यार्थीले पूर्णरुपमा सिपमूलक, ब्यवहारिक शिक्षा प्राप्त गर्छन्। विद्यार्थीले अध्ययनकै क्रममा सिभिलतिर छन् भने निर्मार्ण क्षेत्रमै गएर काम गर्नु पर्छ ,’ उनले भने ‘यदि आइटी तर्फ बीटेक एड गर्ने विद्यार्थीले कम्प्युटर कम्पनीहरुमा गएर सफ्टवेयरतर्फ अनद जब टेनिग गर्नु पर्छ।’

हाल देशभरिा कक्षा १२ संचालन भएका १२ हजार सामुदायिक विद्यालय छन्। सरकाले ७० प्रतिशत प्राविधिक शिक्षा पढाउने नीति अनुसार अघि बढे देशभरि करिब २४ हजार प्राविधिकतर्फ शिक्षक आवश्यक पर्छ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परषद् (सिटिईभीटी) मा सम्बन्धन प्राप्त देशभरि कुल १ हजार १ सय ३१ शैक्षिक संस्थाहरुमा ७० हजार विद्यार्थीहरु प्राविधिक शिक्षा अध्ययनरत छन्। शिक्षा तथा मानव स्रोत केन्द्रले २ सय ८४ विद्यालयहरुमा प्राविधिक शिक्षाको औपचारिक पठनपाठन सुरु गरिसकेको छ। भने ११ वटा विभिन्न मन्त्रालयहरुले समेत प्राविधिक तथा ब्यवसायिक तालिम संचालन गर्दै आएको तथ्याँक डीन लुइँटेलले प्रस्तुत गरेका थिए। 

प्रकाशित: १७ माघ २०७८ १०:४६ सोमबार