शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

पूर्वाञ्चल विश्वविद्यालयले सबै संकायको परीक्षा स्थगित गरेको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको हो।

विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गरी माघ ९ गतेदेखि सबै संकायका सेमेष्टर, वर्ष परीक्षाहरू माघ मसान्तसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो। ‘विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण जोखिम बढेको हुँदा विश्वविद्यलयको परीक्षा तालिका अनुसार सञ्चालन भइरहेका र सञ्चालन हुनेक्रममा रहेका माघ ९ देखि माघ मसान्तसम्मका सबै परीक्षाहरू स्थगित गरिएको छ,’ सूचनामा उल्लेख छ।

प्रदेश १ लगायत देशैभर कोरोनाको तेस्रो लहर ओमिक्रोन भेरियन्टको संक्रमण दिनहुँ तीव्र रुपमा फैलिइरहेको छ।

प्रकाशित: ७ माघ २०७८ १४:३६ शुक्रबार

पूर्वाञ्चल विश्वविद्यालय