त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्रमा स्नातकोत्तर तह पास गरी दीक्षित भएकी मनीता खड्गीले त्रिवि सेवा आयोगले भदौं १५ गते हुने तय गरेको खुला प्रतिस्पर्धाका लागि उपप्राध्यापक पदको परीक्षाको तयारी गरिरहेकि थिइन्। आयोगले परीक्षा तालिकानै सर्वाजनिक गरीसकेपछि परीक्षा भदौं १५ गतेनै हुनेमा मनीता ढुक्क भएर परीक्षाको तयारीमा जुटेकी थिइन्।
तर आयोगले परीक्षा अगावै कात्तिक तिर सूचना प्रकासित गरि एक्कासी परीक्षाको सम्पूर्ण तालिका स्थगित गरेको सूचना प्रकाशित गर्याे। तर पनि उनले केहि दिनमै त्रिवि सेवा आयोगले परीक्षा तालिका प्रकासित गरि पुनःपरीक्षाको मिति तय गर्नेमा विश्वस्त थिइन्। उनी तब निरास बनिन् जब त्रिविले एकाएक मंसिर १४ गते बसेको त्रिवि सभाबाट त्रिविमा कार्यरत ४ सय ८० करारका शिक्षलाई कार्यरत पदमा विशेष आन्तरिक प्रतिस्पर्धाबाटै स्वतः स्थाई गराउने निर्णय गर्याे। यसकोलागि सभाले त्रिवि शिक्षक सेवा सम्बन्धी नियम २०५०को परिच्छेद २ नियम ५मा संशोधन गरी करारलाई स्वतः स्थार्य गराउने व्यवस्था गर्याे।
‘म रसायन शास्त्रको विद्यार्थी विज्ञानकै क्षेत्रमा अध्यापन तथा अनुसन्धान गर्ने लक्ष्यसहित स्वदेशमै बसेर काम गर्ने पक्षमा छु,’ २५ वर्षीया मनिताले नागरिकसँग भनिन् तर ‘त्रिविमा बढी रहेको राजनीति र अप्राज्ञिक विकृतिका कारण हामी जस्ता थुप्रै युवाहरुलाई विदेशीन बाध्य बनाइरहेको छ। मैले त्रिवि सेवा आयोगमा खुला प्रतिस्पर्धाबाटै उपप्राध्यापक पदकोलागि परीक्षा फारम भरेकी थिँए।’ उनले निराश भावमा भनिन् ‘तर बिचैमा षड्यन्त्त पूर्वक त्रिवि सभाले परीक्षाको सार्वजनिक गरेको तालिकानै रद्ध गरेर करारका ४८० शिक्षकलाई स्वतः स्थाई गराउने निर्णयनै पास गरायो। यसले हामी यस्ता युवाले कहिले त्रिवि सेवामा प्रवेशको अवसर पाउने? त्यही भएर हामी जस्ता पिडित विद्यार्थीहरु त्रिवि सेवा आयोगको गैर कानीनू निर्णयको विरुद्ध सर्वोच्चमा गएका हौं।’
त्रिवि सभाको मंसिर १४ गतेको करारका शिक्षकलाई स्वतः स्थाई गर्ने निर्णयविरुद्ध मनिाता खड्गी र अर्का विद्यार्थी रमेश विस्ट गत विहिबार सर्वोच्चमा मुद्धा दायर गरेका हुन्। यति मात्र होइन हाल त्रिवि सभाको गलत निर्णयको विरुद्ध विद्यार्थीहरु पनि आन्दोलनमा उत्रेका छन्। सरकार पक्षकै नेपाल विद्यार्थी संघ( नेविसं), गठबन्धन सरकारका माओवादि निकट क्रान्तिकारी विद्यार्थी संगठन र एमाले निकठ अनेरास्ववीयु तथा संयुक्त विद्यार्थी संगठनले त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्य कक्षमा तालाबन्दी गरेका छन्।
हाल त्रिविको उपकुलपति प्राडा धर्मकान्त बासकोटाको कार्यक्ष र मूल गेटमै अनेरास्ववीयुको तालाबन्दी छ। पदाधिकारीहरुको कार्यकक्षमा चार–चार वटा तला झुन्डिएको छ। अनेरास्ववीयुका त्रिवि इकाई इन्चार्ज मदन विस्टले त्रिविले गरेको गलत निर्णय खारेजी नगरेसम्म अनिश्चित तालाबन्दी कायम हुने चेतावनी दिए। उनले विश्वविद्यालयमा पदाधिकारीहरुले गलत निर्णय गर्दै आआफनो दल निकटका ब्यक्ति भर्तिको केन्द्र बनाउन गलत निर्णय गराउने विकृतिको विरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रेको जनाए।
‘त्रिविले गठन गरेको वार्ता टोलि पनि औचित्यहिन बार्ता गरेकोले हामी बार्तामा नबसेका हौं,’ इकाई इन्र्चा विस्टले चेतावनी दिए. ‘त्रिविले गलत निर्णय नसच्चाए थप आन्दोलनमा उत्रने छौं।’उनले थपे‘त्रिविका पदाधिकारीहरु दलबाटै नियुक्ति भएकाले वाहाँहरु सरकारको तलब खाए पनि त्रिविमा बसेर दलकै कम गरिरहनु भएको छ। जुन अनेरास्ववीयुले सहन सक्दैन।’
त्रिविका प्रवक्ता सुर्यप्रसाद अधिकारीले भने त्रिविका पदाधिकारीहरुको कार्यकक्षमा अनेरास्ववीयु, नेविसं, क्रान्तिकारी र संयुक्त विद्यार्थी संगठनले चार–चर वटा तालाबन्दी गरेकै कारण त्रिविका दैनिक शैक्षिक, प्रशासनिक र आािर्थक सबै कार्यहरु ठप्प बनेको जनाए।
‘त्रिविमा तालैताल लगाइएको कारण विश्वविद्यालयले गर्नु पर्ने सबै कामहरु ठप्प बनेका छन्। पदाधिकारीहरु कार्यकक्षमा आउन पाउनु भएको छैन,’ प्रवक्ता अधिकारीले भने ‘त्रिविले दिनु पर्ने विषयगत समकक्षतादेखिन त्रिविका निर्णयहरु कार्यन्वयन गर्नु पर्ने निर्देशनलगाएत आर्थिक, शैक्षिक र प्रशासनिक निर्णयहरु कार्यन्वयन गर्न सकिएको छैन। एक महनिादेखि सम्पूर्ण कार्य ठप्प छ।’ उनले थपे‘त्रिविले गठन गरेको पशुपति सरको नेतृत्को बार्ता टोलिले पटकपटक छलफल गरे पनि निष्कर्ष निस्कन नसकेको कारण समस्या समाधान भएको छैन।’
प्रकाशित: १६ पुस २०७८ ०७:१६ शुक्रबार