शिक्षा

चाँंगुनारायणलाई प्राविधिक महाविद्यालयको हब बनाउँंछौंः मेयर मिश्र

भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले चाँंगुनारायणलाई प्राविधिक महाविद्यालयको हब बनाउने योजना रहेको बताएका छन्। चाँंगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरलाई प्राविधिक महाविद्यालयको हब बनाउने योजना रहेको उनले सुनाएका हुन्।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरमा अध्ययन गरी अध्ययन पूरा गरेका सिभिल इन्जिनियरिङ र सिभिल एण्ड रुरल इन्जिनियरिङका विद्यार्थीको शनिबार भएको विदाई कार्यक्रममा उनले कलेजको विकासका लागि आवश्यक सार्वजनिक जग्गा कलेजलाई नगरपालिकाले उपलव्ध गराउने बताए।

‘हुन त काठमाडौंमा जग्गाको भाउ अति नै महँंगो छ,’ उनले भने, ‘तर पनि हामी कलेजको विकास तथा विस्तारका लागि नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गा कलेजलाई दिई कलेजलाई प्राविधिक महाविद्यालयको हब बनाउँंछौं।’ कलेजमा इन्जिनियरिङका विभिन्न विधाहरुमा माष्टर्ससम्मको पढाई हुन्छन्।

प्रकाशित: १८ मंसिर २०७८ १०:०२ शनिबार

प्राविधिक महाविद्यालय चाँंगुनारायण नगरपालिका मेयर सोम मिश्र