शिक्षा

स्कुलमा आगो लागेपछि विद्यार्थीको बिचल्ली

बस्ने ठाउँ नभएपछि पेटिमा बसेका विद्यार्थी। तस्बिर: नागरिक

रोल्पा सदरमुकाम नजिकैको एक विद्यालयमा आगलागी भए पछि विद्यार्थीको बिचल्ली भएको छ। कोरोना कहर पछि भर्खरै खुलेको विद्यालयमा अब पढौँला भन्ने बेलामा बस्ने ठाउँ जलेपछि सकस थपिएको हो।

रोल्पा नगरपालिका १ स्थित कृष्ण प्रावि धारापानीमा ढिलो गरि संचालनमा आएको पठनपाठन यतिबेला समस्यामा परेको छ। असोज ८ गते दिउँसो सवा दुई बजे तिर विद्यालयमा आगलागी भएको कारण भने थाहा भएको छैन।  

शुक्रवार विद्यार्थी घर गए पछि आगलागी भएका कारण मानविय क्षति नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख महराले बताए। चार कोठे उक्त भबनमा आगो लागेपछि १ सय ५ जना विद्यार्थीको पढाई अलपत्र परेको हो।  

महराका अनुसार प्रहरीले मुचुल्का उठाउने काम सकेको छ। ‘अन्दाजी ८० लाख बराबरको क्षति भएको अनुमान गरेका छौं।अब बिद्यालयलाई कसरी ब्यबस्थापन गर्ने भन्ने विषयमा भने गाह्रो भएको छ।’ विद्यालय श्रोतका अनुसार अहिले सम्म कसैले कुनै सहयोग गरेको छैन। महरालेभने ‘नगरमा जानकारी गराएका छौ। जिल्ला प्रसाशनमा पनि जानकारी छ। बडा र रेडक्रसमा सहयोगका लागि जाने तयारीमा छौ।’

विद्यालयका प्रअ थामबहादुर कुँवरले कक्षा संचालन गर्न गाह्रो भएको बताए। ‘अहिले दुईवटा कक्षालाई खपाएर पढाउन सुरु गरेका छौं। ४ कोठे भबन सबै जलेको हो।’ कुँवर भन्छन् ‘कतैबाट केहि सहयोग पाएका छैनौं।’  

यसबीच आईतवार पूर्व सभामुख कृष्ण बहादुर महरा, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, रोल्पा प्रहरी प्रमुख नरेशराज सुबेदी लगायतको टोलीले स्थालगत निरीक्षण गरेको थियो। विद्यालय पुगेका पूर्बसभामुख महराले आफूले बिद्यालय पुर्ननिर्माणका लागि छिटै पहल गर्ने बताएका थिए।

प्रदेश सरकारको बिपद व्यवस्थापन समितिबाट कुनै सहयोग नआएको खण्डमा नगरकातर्फबाट छानाको ब्यबस्था गरिने नगरप्रमुख पुर्ण केसीले बताए।

प्रकाशित: ११ आश्विन २०७८ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App