शिक्षा

वार्षिक एक करोडको छात्रवृत्ति!

भक्तपुरको एउटा स्कुलले वार्षिक एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको जनाएको छ। जिल्लाको वागीश्वरी मावि र कलेजले वार्षिक एक करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको जनाएको हो। विद्यालयमा पाँच हजारको संख्यामा विद्यार्थी रहेको जनाइएको छ।  

अनलाइनमार्फते भएको बजेट सार्वजनिकीकरण कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स (प्राविधिकशिक्षा) तर्फ दुई करोड ६५ लाख ८१ हजार १ सय ६९ रुपैयाँ गरी जम्मा १७ करोड २१ लाख७५ रुपैयाँको बजेट प्रस्तुत गरे। 

यस्तै वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पाँच करोड ७२ लाख २८ हजार २ सय ६४ रुपैयाँको बजेट प्रस्तुत गरे। कलेजले यसवर्ष अनुसन्धानमूलक गतिविधिको लागि २८ लाख ७५ हजार बजेट विनियोजन गरेको प्राचार्य श्रेष्ठले जनाए।  

कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, स्कुल व्यवस्थापन समितिका अध्यक्ष अधयक्ष एवं भक्तपुर नगरापालिका वडा नं ९ वडा अध्यक्ष रवीन्द्र ज्याख्वले कलेज र विद्यालयले झण्डै एक करोडको छात्रवृत्ति दिँदै आएकोमा खुशी व्यक्त गरे।

प्रकाशित: ११ भाद्र २०७८ १३:३० शुक्रबार

छात्रवृत्ति वागीश्वरी मावि