शिक्षा

परीक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न निर्देशन

कक्षा १२ को परीक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका लागि कोभिड १९ विरुद्धको खोपको तुरुन्त व्यवस्थापन गरी परीक्षाको लागि वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। 

निर्देशन दिदैँ समिति सभापति जयपुरी घर्तीले भनिन्, ‘शिक्षा मन्त्रालयलाई तुरुन्तै व्यवस्था गरेर अगाडी बढ्न हामीले भनिसक्यौँ। स्वास्थ्य मन्त्रालयले गर्ने काम चाहीँ खोपको व्यवस्थापन कति दिनभित्र गर्न सक्नुहुन्छ त्यो व्यवस्था गरेर तुरुन्तै परिक्षाको लागि वातावरण बनाइदिनुपर्यो।’

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारले दिएको खोप स्टक रहेको भन्दै सोही खोप कक्षा १२ का परीक्षार्थिहरुलाई उपलब्ध गराउन शुरु गरिसकेको बताए। देशभरका गाउँ तथा शहरका कक्षा १२ का परीक्षार्थीले खोप लगाउन पाउने उनको भनाइ छ।

प्रकाशित: १० भाद्र २०७८ १२:५० बिहीबार

कक्षा १२ को परीक्षार्थी