शिक्षा

छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। बुधबार कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई सम्मान गरेको हो।  

कलेजबाट कक्षा १२ उत्तीर्ण भई विभिन्न विषयमा पूर्ण रुपमा छात्रवृत्तिसहित नाम निकाल्न सफल भएका ३० जना विद्यार्थी सम्मानित भएका हुन्। उनीहरुले नेपाल र विदेशका कलेजमा एमबिबिएस, बिएसी नर्सिङ, इन्जिनियरिङ, कृषि तथा वन विज्ञान संकायमा पूर्ण छात्रवृत्ति पाएको कलेजले जनाएको छ।  

एमबिबिएस र बिडिएसतर्फ १९ जना, इन्जिनियरिङतर्फ ५ जना, कृषि तथा वन विज्ञान संकायातर्फ ४ जना र नेथमतर्फ २ जना गरी ३० जनाले छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी नगद ५ हजार रुपैयाँको साथै कदर पत्रले कलेजले सम्मान गरेको हो।  

यसरी एमबिबिएस तथा बिडिएसतर्फ पूर्ण छात्रवृत्तिमा सागर मण्डल, उत्सा मुल्मी, रुपेश चौरसिया, आदित्य रिमाल, आरिफ खान, आश्मा शर्मा, प्रज्ज्वल खनाल, आभाष गौतम, आयुष निरौला, समिर प्रसाईं, हेमा इसार, सार्थक ढुंगना, कृष्ण मण्डल, प्रतिष्ठा रेग्मी, भिक्टर माखिम, आरतीकुमारी दास, कुसम साह, पुनम साह, विवेककुमार मण्डल, रिया बस्नेतले नाम निकालेका छन्।  

यस्तै इन्जिनियरिङतर्फ हेमन्त पञ्चारिया, सन्तोषकुमार साह, एलिना पराजुली, महमद अनवर मन्सुरी र अतुल कर्ण रहेका छन् भने कृषि तथा वन विज्ञान संकायतर्फ गौरीशंकर गुप्ता, प्रार्थना सिलवाल, निरज मण्डल र देवकुमार महतो रहेका छन्। यस्तै नाथमतर्फ एल्सन राई र श्रृती राजवंशी रहेका छन्।

विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल राजेश कार्की, अध्यक्ष लक्ष्मी अधिकारी, संस्थापक सञ्चालक निलम अधिकारीलगायतले सम्मान गरे। कलेजका शिक्षकहरुले दिएको गुणस्तरिय शिक्षा र हामीहरु लगनशिल भएर अध्ययन गर्दा एउटा सफलता प्राप्त भएको एमबिबिएसतर्फ ९ औं स्थानमा नाम निकाल्न सफल विद्यार्थी सागर मण्डलले बताए। कार्यक्रममा बोल्दै प्रिन्सिपल कार्कीले कलेजले गुणस्तरिय शिक्षा दिन सधैं लागी परेको कारणले विद्यार्थीले सफलता पाएको बताए। उनले गुणस्तरिय शिक्षा प्रदान गर्न कलेजले कुनै कसुर बाँकी नराख्ने बताए।

प्रकाशित: २७ श्रावण २०७८ १०:३६ बुधबार

छात्रवृत्तिसहित विद्यार्थीलाई सम्मान