शिक्षा

एउटै स्कुलबाट पाँचजनाले ल्याए चार जीपीए

भक्तपुरको एउटा स्कुलका पाँच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन्। जिल्लास्थित एभरेष्ट इगलिश स्कुलका पाँच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका हुन्।  

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले कुल एक सय २२ जना विद्यार्थी एसईईमा सामेल भएकोमा पाँच जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको बताए । गतवर्ष पनि स्कुलका ६ जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको स्मरण उनले गरे।  

स्कुलले हालसम्म दुई पटक यसअघि बोर्ड टच (बोर्डको व्यवस्था हुँदा) गर्न सफल भएको थियो। २०५७ सालमा स्कुलकी रमिला शिल्पकार छात्रातर्फ बोर्ड फष्ट भएकी थिइन् भने २०५९ सालमा स्कुलकै जितेन्द्रधर प्रधानांग बोर्ड सेकेण्ड हुन सफल भएका थिए। 

स्कुलले २०५२ सालदेखि एसएलसी (हाल एसईई) परीक्षामा सामेल हुन थालेको हो।

प्रकाशित: २४ श्रावण २०७८ ०४:४६ आइतबार

जीपीए