शिक्षा

त्रिविको दीक्षान्त समारोहमा सहभागी हुनेहरु क्रमशः घट्दै

फाइल तस्बिर

कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालयमा दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुको सख्या ह्वात्तै घटेको छ ।  त्रिभुवन विश्वविद्यालयको ६२ औं वार्षिक दिवस बैठकमा ५९ औं ग्रेस लिष्ट पारित भए अनुसार यस पटक पुसमा हुने दीक्षान्त समारोहको लागि २९ हजार ७ सय २९ विद्यार्थीले मात्र दीक्षान्त समारोहमा भाग लिने योग्य ठहररिएका छन् । यस अघि ०७६मा ८० हजार र ०७७मा ५४ हजार विद्यार्थी दीक्षित भएका थिए ।  

अनलाइन माध्यमबाट सम्पन्न त्रिविको वार्षिक दिवसको बैठकले ०७७ असार १ गतेदेखि ०७८ जेठ मसान्तसम्म तोकिएको सम्पूर्ण आवश्यक्ता पुरा गरी ट्रान्सक्रिप्ट समेत लिइसकेका विद्यार्थीहरुलाई ग्रेसलिष्टमा समावेश गरिएको छ । कोरोना कहरकै कारण ह्वात्तै विद्यार्थी घटेको सह–नियनत्रक घनश्याम ठाकुरले बताए ।  

‘कोरोना कहरका कारण त्रिविले समयमा नतिजा प्रकाशन गर्न सकेन,’ सह–नियन्त्रक ठाकुरले नागरिकसँग भने, ‘कतिपय विद्यार्थीले समयमै काठमाडौं काठमाडौं आएर ट्रान्सक्रिप्ट लिन सकेनन् । जसका कारण यस वर्ष दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीहरु ह्वात्तै घटेका हुन् ।’

विगतमा शिक्षा शास्त्र संकायमा सबै भन्दा बढी विद्यार्थी दीक्षित हुँदै आएकोमा यस पटक व्यवस्थापन संकायमा सबैभन्दा बढी छन् । व्यवस्थापन संकाय अन्र्तगत ८ हजार ३ सय ४३ विद्यार्थी  दिक्षित हुने तय भएको रजिष्ट्रार पेशल दहालले प्रस्तुत गरेको ग्रेस लिस्टमा छ । दोस्रो स्थानमा शिक्षा संकायका विद्यार्थी छन् । शिक्षाशास्त्र संकाय अन्र्तगत ७ हजार १ सय १८ विद्यार्थी दिक्षित हुने तय भएको छ। ग्रेस लिष्टमा सहभागी चकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत १ हजार ३ सय ४०, इन्जियरिङ्ग अध्ययन संस्थानअन्तर्गत ८ सय २६, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत २ हजार ९ सय ७४, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान अन्तर्गत ४ सय ६२, वन विज्ञान अध्ययन संस्थान अन्तर्गत २ सय ७९, मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ७ हजार ५ सय ७ र कानुन संकाय अन्तर्गत ८ सय ८० गरी जम्मा २९ हजार ७ सय २९ विद्यार्थीहरु आगमी दीक्षान्त समारोहमा समावेश हुन योग्य भएका छन् ।  

वार्षिक दिवस बैठकमा ५९ औं ग्रेसलिष्टको संक्षिप्त विवरण प्रस्तुत गदै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहालले ग्रेसलिष्टमा सहभागी २९ हजार ७ सय २९ मध्ये साधारण तर्फ २३ हजार ८ सय ४८ (८०.२२ प्रतिशत) र प्राविधिक शिक्षातर्फ ५ हजार ८ सय ८१ (१९.७८ प्रतिशत ) विद्यार्थी रहेको जनाए ।  

‘कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा धेरै विद्यार्थीहरु समयमा  ट्रान्सक्रिप्ट लिन सकेनन्’, रजिष्ट्रार दहालले भने ‘जसका कारण धेरै विद्यार्थिहरुको नाम ग्रेस लिष्टमा पर्न नसकेकोले विद्यार्थी कम भएका हुन् ।’

त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले सभाका विशेष कारणवश उपस्थित हुन नसकेकोले अध्यक्षता  ागर्ने अख्तियारी उपकुलपति धर्मकान्त वास्कोटालाई दिएका थिए । कुलपतिले पठाएको शुभकामना सन्देशमा  नेपालको उच्चशिक्षामा आफ्नो पृथक पहिचान  र गरिमामय इतिहास निर्माण गर्न सफल भएकोमा त्रिभुवन विश्वविद्यालयलाई शुभकामना सन्देश ठाएका थिए ।  

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरका कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त भए पनि त्रिविले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक, प्रशासनिक तथा अनुसन्धान सम्वन्धी गतिविधीलाई निरन्तरता दिएकोमा आफु हर्षित रहेको धारणा सन्देशपत्रमा उल्लेख छ ।  

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त वास्कोटाले कोभिड १९ को महामारीको जटिलत परिस्थितिका वाबजुत एसियाली विश्वविद्यालयहरुमा १०० औं माथी स्तरोन्नती प्राप्त गर्न सफलभएको, विश्वविद्यालयलाई प्रविधीमैत्री बनाउने अभियानमा सूचनाप्रविधि र विद्युतिय कक्षाहरुमा उल्लेखनीय उपलब्धी हासिल गरिएको, पाठ्यक्रम विकास केन्द्र,परीक्षा नियन्त्रण कार्यालय र डीन कार्यालयहरुमा अनलाइन माध्यामबाट आवेदन बुझाउने व्यवस्था गरिएको बताए ।  

‘विश्वविद्यालयको वेवसाइटलाई परिमार्जन गरी विश्वविद्यालय मातहतका सबै निकायहरुको वेवसाइटमा एकरुपता ल्याउन इन्जियिरिङ्ग अध्ययन संस्थान मार्फत काम प्रारम्भ गरि सकिएको छ,’ उपकुलपति बासकोटाले भने ‘ नयाँ नियुक्ति पाएका शिक्षकहरुलाई सेवा प्रवेश तथा शिक्षण विधिको तालिम दिन शुरुवात गरिएको र झण्डै ६ हजार शिक्षकहरुलाई प्रविधीमैत्री तथा अनुसन्धानमुखी तालिम िदिइएको छ ।’ उनले थपे ‘ कर्मचारीहरुकोलागी सेवा कालिन तालिमको व्यवस्थ ागरिएको, त्रिविका सवै आंगिक क्याम्पसहरुमा अनलाईन कक्षा व्यवस्था गर्न सूचना प्रविधि युनिटको व्यवस्था गरिएको छ । ’ 

 सामुदायिक क्याम्पसहरुमा अप्टिकल फाइवर को संजाल निर्माण गर्न नेपाल सरकार मार्फत कार्य अगाडि बढाएको, त्रिविमा अन्र्तराष्ट्रिय विद्यार्थीहरुको संख्या ५०० पुयाउन सफलभएको जनाए । उनले विश्वविद्यालयलाई  नवप्रवर्तनात्मक तथा अनुसन्धानमुखी बनाउन नेपाल सरकाबाट गत आर्थिक बर्षमा प्राप्त ९ करोड र विश्वविद्यालयको आफ्नै स्रोतबाट ३ करोड गरी जम्मा १२ करोड अनुसन्धानमालगानी गरी अनुसन्धानलाई  वढावा दिइएको, केन्द्रीय पुस्तकालयलाई विद्युतियकरण गर्दै विश्वविद्यालयका सम्पूर्ण शैक्षिक सामग्री अनलाईन डाटावेस मार्फत पाठक समक्ष पुयाइएको सोथ उजले उल्लेख गरे ।  

‘केन्द्रीय पुस्तकालयमा बौद्धिक चोरी पत्ता लगाउने विद्युतीय उपकरण जडान गरि बौद्धिक चोरीलाई न्यूनिकरण गर्ने अभियान शुरु गरीएको छ,’उपकुलपति बासकोटाले भने ‘एन्टि करप्सन स्टडी, जीयोस्पेस एवम् रक एण्ड टनेल इन्जिनियरिङ्ग जस्ता विषयहरुको अध्यापन शुरुवातगरिएको छ। विश्वविद्यालयबाट प्रदानगरिने ट्रान्सक्रिप्टमा एकरुपता कायम गर्न क्रेडिट ट्रान्सफर गर्ने व्यवस्थाको नीतिगत निर्णय गरिएको, छ ।’

विश्वविद्यालयको पुनः सरंचनागर्न नियमविनियमहरुमा एकरुपता ल्याउन र शिक्षण, प्रशिक्षण र खर्च प्रणालीमा एकरुपता ल्याउन कार्यदल गठन गरी कार्य अगाडी बढाइएको र विश्वविद्यालय काशिक्षक/कर्मचारीहरुको नियमित आपूर्ति तथा पदोन्नतीकालागी त्रिवि सेवा आयोगबाट गरिने विज्ञापनलाई नियमित गरिएको उपकुलपति बासकोटाले जनाएका थिए ।  

प्रकाशित: ६ श्रावण २०७८ ०९:३९ बुधबार