शिक्षा

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ। जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन्।  

आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफैंले वैशाख २१ गतेदेखि सञ्चालन गर्न आग्रह गरेका छन्। कक्षा आठको प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ।  

बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेदेखि आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ। यही वैशाख १५ गते बसेको गाउँपालिकाको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताए।

प्रकाशित: १८ वैशाख २०७८ ०७:०६ शनिबार

कोरोना कहर परीक्षा सञ्चालन दोस्रो लहरको कोरोना सङ्क्रमण