शिक्षा

भारतले काभ्रेका दुई स्कुल बनाइदिने

भारत सरकारले काभ्रेका दुईवटा सामुदायिक विद्यालय बनाइदिने भएको छ। भारतले काभ्रेको हरिसिद्धि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको हो।

आइतबार एक कार्यक्रमबीच विद्यालय पुनर्निर्माणको शिलान्यास गरिएको छ। भारत सरकारले दुई करोड ८४ लाख रूपैयाँमा हरिसिद्धि विद्यालय र तीन करोड ९६ लाख रूपैयाँमा सिद्धेश्वर माध्यमिक विद्यालय पुनर्निर्माण गर्न लागेको हो।

प्रकाशित: २३ चैत्र २०७७ ०४:४० सोमबार

भारत सरकार काभ्रेका दुई स्कुल