शिक्षा

भौतिक उपस्थितिमै त्रिविका ७२ हजार विद्यार्थीको परीक्षा

त्रिभुवन विश्वविद्यालयले विज्ञान, ब्यवस्थापन र शिक्षा शंकाय अन्तर्गतको वार्षिक परीक्षा प्रणालीका ७२ हजार विद्यार्थीको भौतिक उपस्थितकै आधारमा परीक्षा संचालन गरेको छ। मंसिर २८ गते अर्थात आइतबारदेखि विश्वविद्यालयले २ सय ३० परीक्षा केन्द्रबाट परीक्षा संचालन गरिरहेको पनिकाले जनाएको छ।  

पुस १४ गतेसम्म चल्ने परीक्षामा २ सय एक काठमाडौं बाहिर र २९ काठमाडौं उपत्यकामै केन्द्र तय गरिएको छ। ‘स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर संचालन गरिएको परीक्षामा ९५ प्रतिशत विद्यार्थीको भौतिक उपस्थित रहयो,’ परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने ‘विश्वविद्यालयको कार्यकारीको निर्णयले दुइ साता अघि सबै क्याम्पसहरुमा स्थानीय तहको सहकार्यमा क्यम्पस संचालन गरी विद्यार्र्थीको उपस्थितकै आधारमा पठनपाठन संचालन गर्न निर्देशन दिएको छ।’

 

प्रकाशित: २९ मंसिर २०७७ ०६:१४ सोमबार

त्रिभुवन विश्वविद्याय परीक्षा