शिक्षा

लमजुङमा विद्यालय खोल्न थालिएपछि कार्बाही गर्ने चेतावनी

लमजुङमा नियमविपरीत कोरोना महामारीकै बीच विद्यालय खोल्न थालिएको भन्दै स्थानीय प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरीत जिल्लाका कतिपय सामुदायिक तथा संस्थागत विद्यालयले प्रत्यक्ष रूपमा पढाउन थालेको भन्दै लमजुङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सचेत गराएको हो।  

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा त्यसको जिम्मेवारी सम्बन्धित विद्यालय नै हुने र त्यस्ता गतिविधि गर्ने विद्यालयलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।  

प्रकाशित: १२ आश्विन २०७७ ११:१९ सोमबार

विद्यालय