शिक्षा

चैत्र मसान्तभित्रै शैक्षिक सत्र पुरा गर्न पाठ्यवस्तु समायोजन ढाँचा पारित

कोभिड—१९ को संक्रमण बढ्दै गएकाले तत्काल विद्यालय खोल्ने अवस्था छैन। कोभिडकै कारण यस वर्षको शैक्षिक सत्र निरन्तरता पाउन सकेको छैन। विद्यालय तहका ७० लाख विद्यार्थीहरुको सिकाई निरन्तरता दिन राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याँक परिषदको मंगलबार बसेको बैठकले पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ पारित गरेको छ।  

मंगलबार परिषदका अध्यक्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीको शैक्षिक सत्र चैत्र मसान्त भित्रै पुरा गर्ने लक्ष्यसहित पाठ्यवस्तु समायोजन ढाँचा पारित गरेको मन्त्री पोखरेलले बताए।  मन्त्री पोखरेलले अनलाइनमाध्यमबाट मंगलबार शिक्षा मन्त्रालयमै पत्रकार सम्मेलन गरी बाँकी रहेको ७ महिनाभित्रै शैक्षिक सत्र पुरा गर्ने किसीको ढाँचा समायोजन गरिएको जनाए।  

बन्दाबन्दीका कारण वैशाखमा सुरु हुने भनिएको शैक्षिक सत्र अझै विद्यार्थीको प्रत्यक्ष उपस्थितमा सुरु हुन सकेको छैन। सबै शैक्षिक गतिविधि रोकएको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले नयूत्तम सिकाइ उपलब्धी पुग्ने गरी पाठ्यक्रम समायोजन गरेको छ।  

‘पाठ्यक्रम विकास केन्द्रले सिकाइलाई निरन्तरता दिन विद्यार्थीले नजानी नहुने विषयवस्तु सिकाउने गरी पाठ्क्रममा पाठ्यवस्तुहरुको समायोजन गर्ने काम गरेको छ,’ मन्त्री पोखरेलले भने, ‘७० लाख विद्यार्थीको सिकाई क्षति नहुन दिने उद्धेश्यसहित पाठ्यवस्तु समायोजन कार्यढाँचा पारित गरिएको छ।’  

उनले थपे ‘स्कुल कलेज नखुल्न सक्छ तर शिक्षा बन्द हुदैन। विद्यार्थीको न्यूत्तम सिकाई सुनिश्चता गर्दै ७ महिनाभित्र शैक्षिक सत्र पुरा गर्ने मन्त्रालयको प्रमुख काम हो। अघिलो मन्त्री परिषदको निर्णय अुनसारै मन्त्रालय अघि बढेको हो।’पत्रकार सम्मेलनमा पाठ्यक्रमका कार्यकारी निर्देशक केशव दहालका अनुसार पारित भएको पाठ्यवस्तु समायोजन ढाँचा नमूना ढाँचा हो। यसैमा आधारित भएर शिक्षकहरु पठनपाठन कार्य अघि बढाउने उनले बताए।  

‘पाठ्यक्रममा एकै किसिमका ५ वा ६ वटा क्रियाकलापहरु छन् भने त्यसलाई घटाएर एक क्रियाकलापमा झार्ने काम भएको छ,’ कार्यकारी  निर्देशक दहालले भने ‘जस्तै पाँच वटा कथा छन् भने शिक्षकले एउटा पढाउने बाँकी चार वटा अभिभावकको सयोगमा शिक्षकको निर्देशन अनुसार बालबालिकाले घरमै पुरा गर्न सक्ने छन्।  

यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने कार्य ढाँचाले व्यवस्था गरेको छ।’ उनले थपे ‘नगरपालिकाहरुले शिक्षा अधिकारीको सहयोगमा वडासदस्यहरुलाई समेत परिचालन गरि विद्यार्थीको सिकाई पुरा गराउनु पर्छ।’ यसका लागि वडा सदस्यहरुले शिक्षकलाई साथ लिएर विद्यार्थीको घरमै पुगेर भए पनि न्यूनत्तम सिकाई पुरा गराउनु पर्ने ढाँचामा ब्यवस्था छ।’

‘विद्यालयको हेडमास्टरले शिक्षकलाई जिम्मा दिने र स्थानीय तहले शिक्षा हेर्ने अधिकारीलाई अनुगमनमा खटाउने ब्यवस्था केन्द्रले गर्दै छ,’उनले भने ‘अब वडा सदस्यहरु विद्यार्थीको घरमा पुग्नु पर्छ।’

शिक्षा ऐन अनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नु पर्ने र एक सय ९२ दिन कक्षा संचालन हुनु पर्ने व्यवस्था थियो। तर सरकारले कार्यन्वयनमा ल्याएको नयाँ ग्रेडिङ्ग प्रणालीको पठ्यक्रम अनुसार एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा अर्थात दुई सय पाँच दिन कक्षा संचालन हुनु पर्ने ब्यवस्था छ।  

महानिर्देशक दाहालका अनुसार शिक्षकले एक घन्टा पनि पठनपाठन नगराएरै ५ महिना वित्यो। अब असोजबाट पठनपाठन सुरु गर्न लागियो भने एक सय ५९ दिन बाँकी हुन्छ। सरकारले विद्यार्थीको शैक्षिक सत्र गुम्न नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिनको लागि न्यूत्तम सिकाइ पुरा गर्न सकिने अवस्था अझै रहेकोले पाठ्यक्रम समायोजनको काम तिव्र गतिमा अघि बढेको थियो।  

‘पाठ्यक्रममा एकै किसिमका ५ वा ६ वटा क्रियाकलापहरु छन् भने त्यसलाई घटाएर एक क्रियाकलापमा झार्ने काम केन्द्रले विज्ञहरुसँग सल्लाह सुझावको आधारमा गर्दै छ,’ निर्देशक भट्टराईले नागरिकसँग भने ‘जस्तै पाँच वटा कथा छन् भने शिक्षकले एउटा पढाउने बाँकी चार वटा अभिभावकको सयोगमा पुरा गर्न लगाउने। प्रश्न उत्तर गर्न लगाउने र चेक गर्ने। 

यसका लागि स्थानीय सरकारसँग सहकार्य गर्ने काम अघि बढेको छ।’ उनले थपे ‘नगरपालिकाहरुले शिक्षा अधिकारीको सहयोगमा वडासदस्यहरुलाई समेत परिचालन गरि विद्यार्थीको सिकाई पुरा गराउने कार्यविधि समेत केन्द्रले तयार गरिरहेको छ।’ यसका लागि वडासदस्यहरुले शिक्षकलाई साथ लिएर विद्यार्थीको घरमै पुगेर भए पनि न्यूत्तम सिकाइ पुरा गराउनु पर्ने कार्यविधि तयार भइरहेको् उनले जनाए।’

शिक्षा ऐन अनुसार एक शैक्षिक सत्रमा दुई सय २० दिन विद्यालय खुल्नु पर्ने र एक सय ९२ दिन कक्षा संचालन हुनु पर्ने व्यवस्था थियो। तर सरकारले कार्यन्वयनमा ल्याएको नयाँ ग्रेडिङ्ग प्रणालीको पठ्यक्रम अनुसार एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा अर्थात दुई सय पाँच दिन कक्षा संचालन हुनु पर्ने व्यवस्था छ।  

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालका अनुसार शिक्षकले एक घन्टा पनि पठनपाठन नगराएरै ५ महिना वित्यो। अब असोज बाट पठनपाठन सुरु गर्न लागियो भने एक सय ५९ दिन बाँकी हुन्छ। सरकारले विद्यार्थीको शैक्षिक सत्र गुम्न नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिनकोलागि न्यूत्तम सिकाइ पुरा गर्न सकिने अवस्था अझै रहेकोले पाठ्यवस्तु समायोजन कार्यढाँचा पास भएको हो।  

प्रकाशित: ३० भाद्र २०७७ १२:४४ मंगलबार